Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिलो पटक जिविसका निर्णयहरु प्रेस विज्ञप्ती मार्फत सार्वजनिक

Published on 4:03:00 AM //


घनश्याम गौतम
गुल्मी– जिल्ला विकास समितिले पहिलो पटक परामर्स समितिले गरेका बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।
जिविसका हरेक गतिविधिहरुमा सर्वसाधरणको चासो एवं जानकारी हुनुपर्ने र जिविसलाई आर्थिक पारदर्शिताको नमुना बनाउने उद्देश्यका साथ जिविस भित्र रहेको सर्वदलिय संयन्त्रको बैठकका निर्णय देखि आन्तरिक बैठकहरुका छलफल र निर्णय समेत प्रेस विज्ञप्ती र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने परम्परा शुरु गरिएको स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए । यस अघि सर्वसाधरण र पत्रकारहरुको आग्रह अनुसार जिविसले सबै निर्णयहरु सार्वजनिक गर्ने निर्णय गरेको ज्ञवालीले बताए ।
‘हरेक बैठक पछि प्रेस विज्ञप्ती मार्फत निर्णय सार्वजनिक गर्ने छौं’, ज्ञवालीले भने, ‘जिविसका अन्य गतिविधिहरुको पारदर्शिता र सुझावका लागि हरेक महिनाको पहिलो साता पत्रकार सम्मेलन समेत गर्ने परम्पराको शुरुवात पनि गर्दै छौं ।’ जिविसले मंगलबार जारी गरेको प्रेस विज्ञप्तीमा सोमबार बसेको सर्वदलित संयन्त्रको सिफारिस अनुसार लामो समयसम्म परेको वर्षाले अधिकांश सडकहरुमा सवारी संचालनमा अवरोध भएकाले तत्काल प्राथमिमकीकरण गरेर मर्मत सम्हार गर्ने, जिल्लाका प्रमुख चार सडकहरुमा कामदार र सुपरभाईजरहरु नियुक्त गर्ने, राख्ने, गाविस सचिव मार्पmत वितरण भैरहेको सामाजिक सुरक्षा भत्ता बैंक भएका गाविसहरुमा बैंक मार्पmत नै वितरण गर्ने, गैसस समन्वय समिति गठन गर्ने र हर्दिनेटामा भएको बस दुर्घटनाका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरु प्रति श्रद्धाञ्जली र मृतकका परिवारप्रति समवेदना प्रकट गरिएको छ ।
साथै जिविसको वेभ साईट दैनिक अपडेट गर्ने, योजना एवं प्रशासकिय अधिकृत बाबुराम पल्लीको संयोजकत्वमा १३ सदस्यीय गैरसरकारी संस्था समन्वय समिति गठन गर्ने लगायतका निर्णयहरु समेत भएको जिविसका सामाजिक अधिकृत विनोद मरासिनीले बताए । समन्वय समितिका सदस्यहरुमा दलित, महिला र जनजाती जिल्ला समस्वय समितिका उपाध्यक्षहरु, गैसस अध्यक्ष, गैससले तोकेका तिन संस्थाका प्रतिनिधिहरु, महिला तथा बालबालिका, खानेपानी र पशु सेवा कार्यालयका प्रमुखहरु सहित १३ सदस्य रहेको मरासिनीले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग