Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वावलम्वनको वार्षिक साधारण सभा सकियो

Published on 6:03:00 PM //


स्वावलम्वन महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड, तमघास गुल्मीको २० औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभामा संस्थाका सचिव गंगा वस्नेतले प्रगति प्रतिवेदन प्रस्तुत गरिन । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा नयाँ सदस्य ४५ जना वनेका छन् भने ११ जनाले संस्थाको सदस्याता छाडेका छन् । गएको असार मसान्तसम्म जम्मा शेयर सदस्य संख्या ५ सय १० जना र नावालक सदस्य २ सय १६ जना गरी हालसम्म ५ सय २१ जना शेयर सदस्य रहेका प्रतिवेदनमा उल्लेख छ । त्यस्तै कोषाध्यक्ष शान्ता थापाद्धारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा नियमित वचततर्फ १ करोड ७ लाख ८ हजार १ सय १ रुपैयाँ, नावालक वचतमा १९ लाख ३४ हजार ६ सय २२, कारोवार वचतमा १३ लाख ४३ हजार ७ सय ८३ रुपैयाँ, आवधिक वचतमा २ लाख ६५ हजार रुपैयाँ र कर्मचारी संचय कोष वचततर्फ १ लाख ४२ हजार ५ सय ७ गरी आर्थिक वर्ष २०६८÷६९ मा ८१ लाख ९३ हजार २ सय ७८ वचत संकलन भई गएको असार मसान्तसम्म १ करोड ४३ लाख ९४ हजार १३ रुपैयाँ संकलन भएको छ । संस्थाले वार्षिक लक्ष्य अनुसार ऋण लगानी २ करोड रुपैयाँ राखिएकोमा १ करोड ८९ लाख ५३ हजार रुपैयाँ भएको र यस वर्षको ऋण असुली गर्ने १ करोड ७० लाख रुपैयाँ लक्ष्य राखिएकोमा १ करोड ४५ हजार ५३ हजार ८ सय असुली भएको जनाएको छ। आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २० ६८÷६९ मा संस्थाले ६ लाख ३६ हजार ५ सय रुपैयाँ नाफ गर्ने लक्ष्य राखेकोमा यथार्थ उपलव्धी ९२ हजार २ सय ७३ रुपैयाँ ४३ पैसा नाफा भएको छ ।
संस्थाका अध्यक्ष राधा पन्थीले सवैको लागि एक र एकका लागि सवै भन्ने सहकारी सिद्धान्त अनुसार संस्थाले आर्थिक कारोवार र सेवामुखी कार्यक्रम सञ्चालन गर्दै आएको र संस्थाका कारोवारहरु सवै पारदर्शी भएको दावी गरिन । महिलाहरुद्धारा सञ्चालित व्यवस्था गुल्मीकै नमुना संस्थाको रुपमा विकसित हुँदै जानु सौभाग्यको प्रतीक भएको वताउँदै उनले घरयासी कामले पिल्सिएका महिलाहरु लाई संक्षम र स्वावलम्वी वनाउन यस संस्था सफल भएको दावी गरिन । उनले यो संस्था ग्रामिण नारीहरुमा पनि शक्ति र संगठन हुन सक्छ भन्ने सत्यको नमुना वन्न सफल भएको वताताईन ।
साधारण सभाको उदघाटन गर्दै कार्यक्रम प्रमुख अतिथि जिल्ला वचत तथा ऋण संघ गुल्मीका अध्यक्ष यमवहादुर थापाले सहकारीका दायरा भित्र रही काम गर्दा सफल भईन्छ भन्ने उदाहरण संस्कार बचत रहेको वताए । उनले बचत गर्ने बानी बसाल्न सके सानो सानो पुजि एकिकृत भई त्यस्ले भबिश्यमा ठुलो सहयोग गर्ने बताए । कार्यक्रममा विशेष अतिथि जिल्ला सहकारी संघका सदस्य खड्गके.सी., कर्मचारी वचत संघका उपाध्यक्ष खिमवहादुर अधिकारी, गुल्मी युनाईटेड वचत तथा ऋण सहकारी संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेय, वाल संगठन गुल्मीका अध्यक्ष नन्दराम भुसाल, लेकाली वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गोपाल पन्थी, अमंर कल्याण महिला बचत समुहका अध्यक्ष गंगा थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले गरीब तथा जेहेन्दार छात्रबृति, २०६८ को एस एल सीमा शेएर सदस्यका छोरा छोरीको तर्फबाट उत्कृष्ट हुने २ जना, सर्वोत्कृष्ट उद्यमी, जेष्ठ शेयर सदस्य लगाएतलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा गरीब तथा जेहेन्दार छात्रबृति शेयर सदस्य कृष्णा काउछाकी छोरी र हुमकला बस्नेतको छोरा बिशाल बस्नेतलाई, २०६८ को एस एल सी मा शेएर सदस्यका छोरा छोरीमा उत्कृष्ट हुने सपना कार्की र अबिशेक पाण्डेलाई, सर्वोत्कृष्ट उद्यमी रेमकला बिक र गगां थापालाई र जेष्ठ शेएर सदस्य तुल्सा खनाल रहेका छन । संस्थाका उपाध्यक्ष बिमला गौतमको स्बागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन लेखा सदस्य शारदा थापाले गरेकी थिईन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग