Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा महायज्ञ सफल पार्न जुटे गुल्मेली महिलाहरु

Published on 5:53:00 PM //



प्रेम सुनार
गुल्मी, असौज २० । कार्तिक १५ गते देखि शुरु हुन गईरहेको रेसुङ्गा वहुमुखी क्याम्पसको महायज्ञ भव्य रुपमा सफल पार्न गुल्मेली महिलाहरु पनि जुटेका छन ।
महिलाहरुले वृहत भेला राखी जिम्मेवारी वाँडफाँड गरेका छन । क्याम्पस उपप्रशासक चनक कुवँरले दिएको जानकारी अनुसार महायज्ञ शोभा यात्रा अमृता कुवँरको संयोजकत्वमा उपसमिति गठन भएको छ । समितिमा सदस्य सचिव मैया भण्डारी गौतम रहनु भएको छ । त्यस्तै महिला परिचालन उपसमितिमा राधा पन्थी, शोभा यात्रा सहसंयोजकमा शुशिला मरासिनी, महिला परिचालन सहसंयोजकमा गगां थापा, व्याज व्यवस्थापन उपसमिति संयोजकमा अन्जु निरौला, झाँकी उपसमितिमा लक्ष्मी पाण्डे पन्त, गिता भुषाल, पिंकी भुषाल, सृर्जना गौतम लगायत रहनु भएको छ ।
भेला मूल समारोह समितिका संयोजक शुरेसचन्द्र भुषालको प्रमुख आतिथ्यतामा भएको थियो । भेलामा विशेष अतिथि सहायक क्याम्पस प्रमुख रमाकान्त पौड्याल लगायतले महिलाहरुको सहभागिता प्रति धन्यवाद ज्ञापन गरेको थिए । उपस्थित महिलाहरुले महायज्ञ सफल पार्न पुरुषहरुले जत्तिकै भूमिका निर्वाह गर्ने प्रतिवद्धता जाहेर गरेको थिए । भेलाको अध्यक्षता अमृता कुवँर र कार्यक्रमको संचालन सदस्य सचिव मैया भण्डारी गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग