Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तलव नपाउँदा कर्मचारी र प्रहरीको तिहार निराश, सडकमा उत्रने चेतावनी

Published on 12:28:00 PM //


प्रेम सुनार
गुल्मी, २९ कार्तिक । विगतका तिहारमा कार्तिक १५ पछाडी तलव खाने कर्मचारी र प्रहरीहरु यसपाली तलव नपाउँदा उनीहरुको तिहार निराश बनेको छ । विगतमा चौमासिक रकम निकासी हुँदा हरेक कार्यालयले १५ गते पछाडी तिहारमा तलव खुवाउँथे तर यसपाली सरकारको एक तृतियांश बजेट भएकाले तलव पाउन नसकिएको विभीन्न कार्यालय प्रमुखहरुले जनाएका छन् । बजेट अभावका कारण कतिपय कार्यालयले तलव खुवाउन नसकेको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताउनुभयो । तर जिल्ला प्रशासनले भने कर्मचारीहरुलाई तलव खुवाएको उहाँले जानकरी दिनुभयो । जिल्लाका अधिकांश कर्मचारीहरु बेलामा तलव भत्ता नआउने र अन्य कार्यक्रमको बजेट सम्म नहुँदा आन्दोलित बन्न पुगेका छन् । कर्मचारी यूनियनका केन्द्रिय सदस्य जयस्वर पन्थीले जसरी पनि दलहरुले सहमति गरेर मंसिर भित्रमा बजेट ल्याउनुपर्ने धारणा राखे । ‘एक तृतियांश बजेटले देश ठप्प हुने स्थितीमा पनि दलहरु कुर्सिकै लागी लड्ने ठिक होईन, – उनले भने – यसरी नै बजेट रोक्ने हो भने भोलीका दिनमा कर्मचारीहरुको संगठनले आन्दोलनका लागी बाध्य हुनुपर्ने देखिएको छ ।’
यहाँको जिल्ला विकाश समिती लगायत कैयँन कार्यालयका कर्मचारीले तलव नपाउँदा विशेष गरी सदरमुकाममा डेरा गरी बस्नेहरु मर्कामा परेका छन् । नेपाली सेना कालिदत्त गुल्मले यसपाली तिहार वरी तलव खुवाउनका लागी सेना समायोजनको रकम रकमान्तर गरी खुवाउनुप¥यो । ‘मैले सेना समायोजनको रकमान्तर गरी सबैलाई तलव खुवाएँ,– गुल्मपति सेनानी मनेज थापाले भने – ‘सेना समायोजनको रकमले गर्दा हामीलाई त्यो समस्या परेन ।’
यता जिल्ला प्रहरी कार्यायका ३ सय २६ जना प्रहरीले भने तलव खान नपाएको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले बताउनुभयो । ‘सरकारको एक तृतियांश बजेटका कारण तलव खुवाउन सकिएन, काफ्लेले भन्नुभयो – विगतका तिहारमा १५ गते पछाडी तलव आउँथ्यो ।’
‘हामी त ब्यारेकमै खान्थ्यौँ, तिहारमा पैसा पठाउला र मनाउँला भनेर आशामा बसेका घर परीवार यसपाली निराश भए’ – एक प्रहरी जवानले भने । डेरा गरी बस्ने प्रहरी तिहार मान्नुभन्दा पनि राशन किन्ने समस्यामा परेका छन् । १ गते कहिले आउँछ भने कुरेर औँला गनेका छाँै – जिल्ला प्रहरी कार्यालयमा कार्यरत रही तम्घास बजारमा परीवारसंग डेरा गरी बस्ने एक प्रहरी हवल्दारले भने –  यसपालीको तिहारमा प्रहरीको पिडा खोल्नै पर्ने स्थितीको छ ।’
उता जिल्ला शिक्षा कार्यालयका २६ जना कर्मचारी पनि यसपाली तिहारमा तलव नपाउँदा निराश बनेका छन् । ‘हामीले असोजको तलव त पूरा खान पाएका छैनौँ – जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले भने – कार्तिक १५ पछाडी खुवाउनुपर्ने तलव खुवाउन सकिएन ।’ असोजको तलव अन्य शिर्षकबाट सापटी लिएर ख्वाउँदा पनि पुगेन, एक तृतियाँस बजेटले तलव लगायत अन्य कार्यक्रम समेत प्रभावित भएको उहाँले बताउनुभयो । शिक्षकहरुले चौमासिक रकमबाट कार्तिक समम्मको तलव बुझेको हुनसक्ने भएपनि १८ प्रतिशत शिक्षकले यो तिहारमा तलव खान नपाएको उहाँले बताउनुभयो ।
जिल्ला विकाश समिती अन्तर्गत ७० जना बढी गाविस सचिव र ४५ जना भन्दा बढी कर्मचारीहरुलाई यसपालीको तिहारमा तलव खुवाउन नसकिएको स्थानिय विकाश अधिकारी हरीप्रसाद ज्ञवालीले बताउनुभयो । ‘एक तृतियांस बजेटले पु¥याउनै सकिएन, ज्ञवालीले भने – बडो समस्या प¥यो तलव नआउँदा साथीहरुको तिहार निराश बन्न पुग्यो । यो समस्या यहाँका अधिकांँस कार्यालयका कर्मचारीको हो ।
सरकारले तत्काल बजेट नल्याए कर्मचारीहरु विना तलव काम गर्न नसक्ने भन्दै सडकमा उत्रीने अबस्था आएको एक कर्मचारी संगठनका नेताले बताए । ‘दलहरु सँधै सत्ताको लुछाचुँडीमा लागेर आउन लागेको बजेट पनि रोक्छन्, आफूहरु लँडेपनि हामी जनताको काममा खट्ने कर्मचारीलाई खाली हात पार्नु त भएन नि – उनले भने – यस्तै हो भने अव आन्दोलनको विकल्प हुँदैन ।’

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग