Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षक संगठन गुल्मीको अध्यक्षमा खनाल, अखिल शिक्षकको अध्यक्षमा चार जनाको दावी

Published on 3:53:00 AM //


प्रेम सुनार
पौष १, गुल्मी । चार जना अध्यक्ष पदका दावेदार बनेर सहमति हुन नसकेपछि मतदानमा जाने तयारी गरेको अखिल नेपाल शिक्षक संगठन गुल्मीको छैठौ जिल्ला सम्मेलनले कार्य समितिमा दुई जना उपाध्यक्ष र चार जना सह सचिव वनाएपछि बल्ल सर्वसम्मत समिति चयन भएको छ ।
हिजोदेखि सदरमुकाम तम्घासमा सुरु भएको एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल शिक्षक संगठनको अहिले साँझ मात्रै सहमति गरेर श्रंङ्गा जनता उच्च माध्यामिक विद्यालयका शिक्षक डेलराज खनाल अध्यक्षमा सर्व सम्मत चयन हुनु भएको हो । उहाँको नेतृत्वमा ३५ सदसिय जिल्ला कार्य समिति गठन भएको निर्वमान अध्यक्ष दशरथ घिमिरेले जानकारी दिनु भयो ।
त्यस्तै अध्यक्ष पदबाट उमेदवारी फिर्ता लिएका धुर माध्यामिक विद्यालय धुर्कोट रजस्थलका शिक्षक लक्ष्मी खनाल र सरस्वती उच्च माध्यामिक विद्यालय जोहाङ्गका शिक्षक छवि भण्डारी उपाध्यक्षमा चयन हुनु भएको छ । त्यस्तै अध्यक्ष पदका अर्का उमेदवार रेसम जि.सी. सचिवमा चयन हुनु भएको छ । कोषाध्यक्षमा उदय उच्च माध्यामिक विद्यालय शान्तिपुरका शिक्षक गोकर्ण शर्मा चयन हुनुभएको छ । सह सचिवमा भने क्रमशः चार जना राजा रुन्खा मावि गौँडाकोटका शिक्षक ईन्द्रबहादुर बिक, धर्मपुर उच्च मावि ठुलोलुम्पेकका शिक्षक गुरुदेव सिंजाली, बाँझकटेरी मावि बाँझकटेरीका शिक्षक प्रेमचन्द्र भुषाल र पृथ्वी मावि बडागाउँका शिक्षक एमबहादुर थापा चयन हुनु भएको छ ।
सहमतिका लागि हिजोदेखि सो संगठनका केन्द्रिय सदस्य रत्नबहादुर ओली, वालकुमार श्रेष्ठ, खुमहादुर थापा, मगराँत राज्य समिति सदस्य धुनिस्वरा भण्डारी लागि परेका थिए । निवर्तमान अध्यक्ष दशरथ घिमिरेलाई राज्य समितिमा बढुवाको सिफारिस गरेपछि जिल्लाको नेतृत्व साथीहरुलाई सुम्पीएको बताईएको छ । नयाँ कार्य समितिको प्रथम बैठक अहिले बसिरहेको र भोली पत्रकार सम्मेलन गरी भावी योजना र कार्य दिशा सार्वजानिक गर्ने घिमिरेले बताउनु भयो ।


अखिल शिक्षक संगठनको अध्यक्षमा चार जनाको दावी



हिजोदेखि सदरमुकाम तम्घासमा सुरु भएको एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल शिक्षक संगठनको सम्मेलनले आज दोश्रो दिनको अपरान्ह सम्म पनि नेतृत्व चयन गराउन सकेको छैन ।
हिजो ११ जनाले अध्यक्ष पद दावी गरेका थिए । साँझ ९ जना र आज दिउँसोसम्म ४ जनाले अध्य्क्ष पदको दावी नछाडे पछि सर्व सम्मतको प्रयास लम्वीएको हो । निवर्तमान अध्यक्ष दशरथ घिमिरेले पहिले नै नेतृत्व हस्तान्तरण गरेको भएपनि अन्य पदाधिकारीले अध्यक्ष पद नै दावी गरेका थिए । सो संगठनका केन्द्रिय सदस्य खुमबहादुर थापाका अनुसार अन्यलाई मनाए पनि चार जनाले दावी छाडेका
छैनन । थापा भन्छन ‘सहमतिको अन्तिम प्रयास पनि असफल भए मतदानी प्रकृयामा जान सकिन्छ ।” अध्यक्ष पदका दावेदारहरुमा सरस्वती उच्च मावि हँसराका शिक्षक छवि भण्डारी, श्रिङ्गा उच्च
मावि श्रिङ्गाका शिक्षक डेलराज खनाल । धुर मावि धुर्कोट रजस्थलका शिक्षक लक्ष्मी खनाल र पृथ्वी मावि पुर्कोट दहका शिक्षक रेशम जिसी रहेका छन् । एकिकृत नेकपा माओवादी गुल्मीले अहिले सम्म गरेका अन्य भातृ संगठनका सम्मेलनहरु मध्ये नेतृत्वका लागि यति धेरैको दावेदारी र मतदानको नजिक पुग्नु परेको यो पहिलो हो ।



Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग