Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राजश्व अनुसन्धानको छापा सदरमुकामका ठुला पसलमा, महत्वपुर्ण कागजात नियन्त्रणमा

Published on 1:37:00 PM //

रेडियो स्काई
गुल्मी, ३० मंसिर । राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले गुल्मीको सदरमुकाम तम्घासका तिन ठुला पसलमा छापा मारेको छ । टोलीले तम्घासको भुसाल ट्रेडिङ्ग कन्सर्न, मृगेन्द्र सपिङ्ग सेन्टर र न्यू बिनोद किराना पसलमा छापा मारेको हो ।

टोलीले तिनवटै पसलबाट खरिद विक्रिका महत्पूर्ण कागजपत्र, बिल, खाता लगायत नक्कली बिल समेत नियन्त्रणमा लिएको छ । बिहीवार तम्घास आएको टोलीले शुक्रबार विहान पसलहरुमा निगरानी गरेको थियो । विहान निगरानी मात्र गरेको टोलीले १० बजेपछि मात्र छापा मारेर तत्कालै बुटवल फर्केको छ । भुसाल ट्रेडिङ्ग कन्सर्नले पञ्चकन्या, जगदम्बा, हुलास स्टिल, लगायत कम्पनीका निर्माण समाग्री विक्रि गर्दै आएको छ । त्यस्तै मृगेन्द्र सपिङ्ग सेन्टर पोखरा नुडल्स प्रालि, एस. टि.सि. कम्पनीका उत्पादन एवं टुबोर्ग बियर लगायतका थोक विक्रेता हो । न्यू बिनोद किराना पसल पनि चाउचाउ र बिस्कुट कम्पनीका थोक विक्रेता हो ।

टोलीका सदस्य मात्रिका आचार्यले बिशेष सुराकीका आधारमा तिन पसलमा अनुगमन निरिक्षण गरिएको बताउनुभयो । अनुगमन निरिक्षणका क्रममा फेला परेका खातापाता, बिल, बिजक एवं कारोबारसंग सम्बन्धित कागजपत्रहरु नियन्त्रणमा लिएको आचार्यले जानकारी दिनु भएको छ । राजश्व टोलीले गुल्मी जिल्लामै पहिलो पटक छापा मारेको हो । पहिलो पटक भएकाले एकै पटक धेरै पसलमा सम्भव नहुने भएको व्यवसायीहरुलाई सचेत गराउने उद्देश्यले पनि अनुगमन निरिक्षण गरिएको टोलीले जनाएको छ ।

अनुगमनमा परेका तिनवटै पसल जिल्लाकै ठुला व्यवसायीक फर्म हुन् । अनुगमनका क्रममा कागजपत्र, खातापाता नियन्त्रणमा लिईएको भएपनि अनुसन्धान र विश्लेषण नगरी राजश्व छले नछलेको भन्न नसकिने आचार्यले बताउनु भयो । बर्षमा अरबौंको कारोबार हुने भएपनि व्यवसायीक राजश्व संकलनमा अत्यन्त न्यून देखिने गरेकोले अनुगमन गरिएको टोलीले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग