Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ज्ञानोदय उ.मा.बिको स्वर्ण महोत्सबका सहयोगी सम्मानित, अलुमनई एसोशियशन बनाइने

Published on 6:40:00 PM //


राजु गौतम
ज्ञानोदय उच्च मा. वि. तुरांग मजुवा गुल्मीको स्वर्ण महोत्सबमा काठमाडौँमा रही आर्थिक तथा अन्य सहयोग पुर्याउने पुर्वबिद्यार्थी तथा महानुभावहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।   गत मंसिर २४ गते काठमाडौँ शंखमुलको बिष्णु रेस्टुरेन्टमा सम्म्पन्न सम्मान कार्यक्रमको लागि गुल्मीबाट बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री चेतन बस्नेत, बरिस्ठ सदस्य श्री होमनाथ पोख्रेल तथा बिद्यालयका प्राचार्य श्री लक्ष्मी भण्डारी काठमाडौँ आउनु भएको थियो !
कार्यक्रममा महोत्सबको लागि आर्थिक सहयोग गर्नु हुने महानुभावहरु जो गत बर्ष बिद्यालयमा सन्चालित स्वर्ण महोत्सब कार्यक्रममा सहभागिता जनाउन सक्नु भएको थिएन उहाँहरुलाई अबिर, खादाको साथै प्रसंशा-पत्र सहित सम्मान गरिएको थियो !

साथै उक्त बिद्यालयबाट बिद्यालय स्तरको शिक्षा प्राप्त गरि उच्च ओहोदामा कार्यरत केहि बरिस्ठ ब्यक्तित्वहरु बिस्नुमणि गौतम, बाबुराम गौतम, डिल्लीराज पोख्रेल लगायतलाई समेत सम्मान गरिएको थियो ! बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री चेतन बस्नेतको अध्यक्षता, प्राचार्य श्री लक्ष्मी भण्डारीको संचालनमा भएको उक्त कार्यक्रममा ब्यबस्थापन समितिका बरिस्ठ सदस्य श्री होमनाथ पोख्रेलले स्वागत मन्तब्य दिनु भएको थियो भने अध्यक्षले महोत्सब अबधिमा आर्थिक संकलन र खर्चबारे मोटामोटी जानकारी गराउनु भएको थियो ! महोत्सबको लागि काठमाडौँमा बनाइएको समन्वय समतिका संयोजक श्री बाबुराम गौतमले प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्नुहुनेहरुलाई धन्यवाद दिनु भएको थियो !
बिद्यालयको स्मारिका निकाल्ने निर्णय गत बर्ष नै गरिएको भए पनि बिद्यालयको यस बर्षको बार्षिक महोत्सब माघ ५ गतेका दिन बिमोचन गर्ने गरि तैयारी भैरहेको जानकारी प्राचार्य भण्डारीले गराउनु भएको थियो !

ज्ञानोदयमा अलुमनई एसोशियशन

कार्यक्रममा पहिले देखि नै छलफलमा रहदै आएको विधालयका पूर्व बिध्यर्थिहरुको औपचारिक र संगठित संस्था (अलुमनाइ एसोशियशन) गठन गर्ने पहल स्वरूप काठमाडौँमा एउटा तदर्थ समिति गठन गर्ने निर्णय पनि गरिएको छ ! त्यसको लागि बरिष्ठ पूर्व बिद्यार्थी तथा महोत्सबको लागि काठमाडौँ समन्वय समितिका संयोजक श्री बाबुराम गौतमको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ! उक्त समितिका अन्य सदस्यहरु यस प्रकार हुनुहुन्छ:

१. श्री बाबुराम गौतम – संयोजक
२. श्रीमती सरस्वति गौतम (ज्ञवाली) – सदस्य (जुभुंग)
३. श्री राजु गौतम – सदस्य (जुभुंग)
४. श्री उत्तम अर्याल – सदस्य (तुरांग)
५. श्री हरि अर्याल – सदस्य (तुरांग)
६.  श्री रबि भण्डारी – सदस्य (तुरांग)
७. श्री हरि भण्डारी – सदस्य (रुपाकोट)
८. श्री शिब भण्डारी – सदस्य (रुपाकोट)
९. सुश्री यमुना गैरे – सदस्य (रुपाकोट)
१०. श्री प्रकाश के. सी. – सदस्य (बलिथुम)
११. श्री नन्दराम गौतम – सदस्य (बलिथुम)
१२. श्री लिलामणी खरेल – सदस्य (आँपचौर)
१३. श्री यादब खत्री – सदस्य (जुनिया)

सल्लाहकार
१. श्री बिस्नुमणि गौतम
२. श्री लक्ष्मी भण्डारी
३. श्री डिल्लीराज पोख्रेल
समितिले काठमाडौँमा एउटा भेला गरि औपचारिक रुपमा सबैतिर छरिएर रहेका बिद्यार्थीहरुलाई गोल्बध्ध गर्न पहल गर्ने छ ! स्मरण रहोस, विद्यालयको स्वर्ण महोत्सब २०६८ साल माघ महिनाको पहिलो हप्ता भब्य रुपमा सम्पन्न गरिएको थियो !

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग