Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बौलाएको कुकुरले मालिकलाई नै टोक्यो एकको मृत्यु, ३ घाइते

Published on 4:42:00 PM //


आपत रामजाली
माघ १०, बुर्तिवाङ । बाग्लुङ जिल्लाको देविस्थान गाउँ विकास समितिको चोधाराका स्थानिय बिर्खे विकले पालेका दुई कुकुरले अचानक आफ्नै घरका आमा र छोरीलाई टोक्दा ५२ बर्षीय आमा देविसरा सुनारको उपचारको क्रममा प्राथमिक स्वाथ्य केन्द्र बुर्तिवाङमा आज विहान मृत्यु भएको छ भने हिजो र आज गरी ३ जना घाइते भएका छन् ।
देविस्थान ९ का स्थानिय विकले घरमा पालेका दुई कुकुरले मंगलबार साँझ आमा र छोरीलाई अचानक आक्रमण गरेपछि बेहोस अवस्थामा रहेका दुई जनालाई रातीनै एम्बुलेन्स मार्फत प्राथमिक स्वाथ्य केन्द्रमा ल्याईए पनि विरामीको शरिर भरीनै कुकुरले टोकेका कारण अत्याधिक रगत बगेपछि ज्यान गएको प्राथमिक स्वाथ्यकेन्द्रले जनाएको छ ।
हिजोबेलुकी घर मालिकलाई टोकेर हिँडेका कुकरको आक्रमणबाट आज विहान बोहरागाउँ माइतीघर हिडेँकी बुर्तिवाङ अर्नाकोटकी निर्मला बुढा र विहान १० बजे एक बृद्धलाई समेत टोकेको खवर प्राप्त भएको छ । कुकुरको आक्रमणबाट घाइते बुद्धलाई उपचारको लागि एम्बुलेन्स मार्फत प्राथमिक स्वाथ्य केन्द्रमा ल्याईएको कार्यालयले जनाएको छ ।
प्राथमिक स्वाथ्य केन्द्रमा रेविज विरुद्धको भ्याक्सीन नभएका कारण घाइते सबै विरामीलाई थप उपचारको लागि बागलुङ अञ्चल अस्पतालमा रिफर गरिने जनाइएको छ ।
अझैपनि ति दुई कुकुर खुल्ला रुपमा बाहिरी बाटोमा हिँडिरहेकाले देविस्थान आसपासका स्थानियबासीलाई सतर्क रहन आग्रह गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग