Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महेन्द्र र ईन्दिराको वार्षिकोत्सब सम्पन्न

Published on 1:43:00 AM //


गुल्मी, १ बैशाख । महेन्द्र उच्च माध्यामिक बिद्यालय तम्घास गुल्मीले ६१औँ बार्षिकउत्सव, अभिभाबक दिबस एबम परिक्षाफल प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बिद्यार्थीको क्षमता बिकास हुने खालका कार्यक्रमबाट बिद्यार्थीको अध्ययन प्रति रुचि बढ्ने बताउनुभयो । उहाँले जिल्लाको सामाजीक परीवेशका बारेमा पनि बिद्यार्थीलाई जानकारी गराउनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा भोजबिक्रम अक्षय कोष छात्रबृति, चिन्तामणि निमकला भुसाल प्रतिष्ठान छात्राबृति, झगरीचक्र खेलकुद स्मृति अक्षयकोष, बसन्त स्मृति अक्षयकोष मोतीलक्ष्मी छात्राबृति, कासिका कुलचन्द्र छात्रबृति, दण्डपाडी छात्राबृति समेत बिद्यार्थीलाई प्रदान गरीएको थियो ।
कार्यक्रममा पुर्व प्राथमिक तर्फ सञ्जय थापा प्रथम, मनिका मरासिनि द्धितिय र निरा कुवँर तृतिय हुनुभएको छ । त्यस्तै प्राथमिक तर्फ बिबेक कुवँर प्रथम, आयुष पन्थी र गिता क्षेत्रि द्धितिय, रितेष कुवँर र सन्देश पौडेल तृतिय हुनुभएको छ ।
साथै कक्षा ६ देखी १० मा अग्रेजी तर्फ आशिश घिमिरे प्रथम, अबिषेक पाण्डे द्धितिय र रबिना कुवँर तृतिय हुनुभएको छ । नेपाली माध्यम तर्फ सतिष प्रोख्रेल प्रथम, सँगिता मरासिनि द्धितिय र सपना पेमी तृतिय हुनुभएको छ ।
कार्यक्रममा महेन्द्र बिद्या बिज्ञानबाट मनोज पौडेललाई र महेन्द्र बिद्या शिक्षाबाट हुम बहादुर सुनार लाई बिभुषित गरीएको छ । कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी लोकनाथ मरासिनिले र शिक्षक अभिभावक संघका अध्यक्ष भुवन प्रसाद अर्यालले मन्तब्इय राख्नुभएको थियो ।
कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका सदस्य युवराज भण्डारीको अध्यक्षता एवम शिक्षिका लक्ष्मी अर्यालको सञ्चालनमा सम्पन्न भएको बिद्यालयका लेखापाल शालीकराम पन्थीले जानकारी दिनुभएको छ ।
त्यसैगरी ईन्दिरा माध्यमिक बिद्यालय धुर्कोट रजस्थलको ५६ औँ बार्षिक उत्सव तथा बार्षिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष टोमलाल पाण्डे, बिशेष अतिथि जिल्ला शिक्षा कार्यालय गुल्मीका निमित्त जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद ज्ञवाली, एमाले जिल्ला कमिटि सचिवालय सदस्य कृष्ण सुनार, काङग्रेसका मुक्त बहादुर कार्की, एमालेका ज्ञान बहादुर नेपाली, जनमोर्चाका कुञ्ज बहादुर केसी, प्रधानाध्यापक हरी प्रसाद घिमिरे, पुर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु भेष बहादुर खत्री, राम प्रसाद भण्डारी, कृष्ण बहादुर नेपाली, राम बहादुर जीसी, गणेश केसी, बिष्णु खड्का लगायतका बक्ताहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
साथै उक्त कार्यक्रममा जगुलाल भागिरथा प्रमानन्द भण्डारी, लाल बहादुर थापा तथा देबका खत्री स्मृती अक्षयकोषबाट १२ हजार बराबरको छात्रबृत्ती बितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिबाट ईन्दिरा ज्ञानज्योति स्मारीकाको समेत बिमोचन गरिएको थियो ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष लोक बहादुर खत्रीको अध्यक्षता, शिक्षिका सीता कुमारी खरेल भण्डारीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन शिक्षक कृषण केसी र रेशम थापाले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग