Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिशिकाद्धारा ३० विद्यार्थीलाई प्रोत्साहन रकम प्रदान

Published on 5:52:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख २१ गते । जिल्ला शिक्षा कार्यालय गुल्मीले अमरपुर गाविसको वुल्म प्राथमिक विद्यालयमा शनिवार एक कार्यक्रमका विच ३० जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद रकम प्रदान गरेको छ । कार्यालयले ती विद्यार्थीहरुलाई ४ सयका दरले नगद रकम प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रवहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी भोजवहादुर के.सी., कार्यालयका शाखा अधिकृत हरिलाल अर्याल, विद्यालय निरीक्षक झविलाल विश्वकर्मा, गाविस सचिव शेरवहादुर थापा, विद्यालयका प्रधानाध्यापक यदुराम भण्डारी, शिक्षक अभिभावक संघका सदस्य रविदेवी थापा, ओमप्रसाद गौतम माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतिप्रसाद गौतम, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य गणेश शारु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शिक्षिका इश्वरा गौतमको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका राधिका भण्डारीले गर्नुभएको थियो । विशेष भर्ना अभियान अन्तर्गत विद्यालय भन्दा वाहिर रहेका ८ देखि १२ वर्ष भित्रका वालवालिकाहरुलाई विशेष प्रोत्साहन स्वरुप उक्त नगद रकम प्रदान गरिएको हो । अमरपुर १ र २ रहेका आदिवासी जनजाति २ सय ८४ र अन्य समुदाय १७ घरधुरी गरी ३ सय १ घरधुरीका वालवालिकाहरुले उक्त विद्यालयमा अध्ययन गर्ने गर्दछन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग