Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलबारीमा अर्को बलात्कार

Published on 6:11:00 PM //

विराटनगर- मोरङ बेलबारी–९ स्थित जङ्गलमा तीन केटाले केराबारी–९ बस्ने एक युवतीलाई गएराति साढे दस बजे जबर्जस्ती करणी गरेको अवस्थामा अभियुक्तमध्येका बेलबारी–२ बस्ने २९ वर्षीय विजय मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ। प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमान्डमा खटिएको गस्ती टोलीले घटनास्थलमै मगरलाई फेला पारेको र अन्य दुई फरार भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट पीडित महिलालाई उद्धार गरिएको छ।

यसैबीच विराटनगर उपमहानगरपालिका–१२का डा कस्तुरी मल्लको घरको तीन तलामाथि डेरा गरी बस्ने मुक्तिप्रसाद न्यौपानेको कोठामा अन्दाजी १४/१५ वर्षको कालो वर्णको अपरिचित केटा कोठाभित्र प्रवेश गरी आज बिहान करिब ५ बजे रु एक लाख २० हजार र मोबाइल दुई थान, सुनको मङ्गलसूत्र दुई तोला र एक तोलाको चुरा चोरी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। -रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग