Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी-रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न

Published on 7:22:00 PM //

गुल्मी रुपन्देही सम्पर्कमञ्चको बैठक आज रुपन्देहीमा बसेको छ । नेपाली कंग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिको आज शनिबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

समितिका अध्यक्ष रामचन्द्र भुषालको अध्यक्षतामा बसेको बैठकले संस्थाको क्रियाशिलता बढाउन तथा धेरै भन्दा धेरै गुल्मेलीहरुलाई समेट्नका लागि विभिन्न विभागहरु गठन गरेको हो ।

जस अनुशार समितिको युवा विद्यार्थी विभाग प्रमुखमा गंगाराम सापकोटा, महिला विभागमा आशा बस्नेत, तरुण विभागमा लाल बहादुर केसीलाई चयन गरिएको छ ।

यसैगरि समितिको प्रेस सल्लाहकारमा पत्रकार खिमानन्द भट्टराइलार्ई मनोनयन गरिएको समितिका सचिव पृथ्वी फौदारद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

यसैगरी बैठकले यस अघि नै महिलाहरुको महावपर्व हरितालिका तिजका अवसरमा विशेष कार्यक्रम गर्ने र त्यसको तयारीका लागि संयोजक आशा बस्नेतलाई जिम्मेबारी दिने निर्णय भएको छ ।

कांग्रेस क्षेत्र नं. ४ रुपन्देहीले बिधान अनुसार संगठन विभाग गठन गरेको जनाएको छ । बिहिबार पार्टी कार्यालय बुटवलमा बसेको बैठकले गोबिन्दप्रसाद लम्सालको सभापतित्वमा सात सदस्यीय संगठन विभाग गठन गरिएको क्षेत्रीय सभापति हरिबहादुर आचार्यले जानकारी दिए ।

 विभागको सदस्यहरुमा कुलबहादुर चौधरी, ओमबहादुर घिमिरे, बिना दर्नाल, मञ्जु प्रधान, मीठू घिमिरे र निलकण्ठ खनाल रहेका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग