Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका बैद्य नेतृत्वको माओवादीले पठायो राष्ट्रपतिलाई ज्ञापन पत्र

Published on 5:46:00 PM //

अनिल खत्री 
गुल्मी, आश्विन १३ । बैद्य नेतृत्व नेकपा–माओवादी सहित चुनावी सरकारको बिरोध गर्दै आएका ३३ दलहरुले आज जिल्ला निर्वाचन अधिकृतको कार्यालय गुल्मी मार्फत सम्माननीय राष्ट्रपति ज्यूलाई ज्ञापन पत्र पठाएका छन । गुल्मीको सदरमुकाम तम्घासमा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय ज्ञापन पत्र बुझाएका हुन ।   

जिल्ला निर्वाचन अधिकृतको कार्यालय गुल्मी मार्फत सम्माननीय राष्ट्रपति ज्यूलाई पठाइएको ज्ञापन पत्रमा राष्ट्रिय स्वनधीनताको रक्षा, दिगो शान्ती, वर्गिय जातिय लिङ्गीय तथा क्षेत्रिय शोषण दमन, उत्पीडन र भेदभावको अन्त्य गर्दै आग्रगामी सामाजिक राजनितीक रुपान्तरण सहित नेपाली जनताका चाहाना र भावना अनुकुलको संबिधान निमार्ण गर्नु वर्तमान नेपाली राजनितीको ऐतिहासिक कार्याभरहरु रहेको बताइएको छ । नेकपा–माओवादी गुल्मीका इन्चार्ज बिरबहादुर कार्की "चाहाल"द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा ऐतिहासिक कार्याभारहरु पुरागर्न अग्रगामी राजनैतिक शक्तिहरुका बिचमा एकता,सहकार्य र सहमती अपरिहार्य शर्तहरु हुन तर अब हुने संबिधान सभाको  निर्वाचनलाइ सार्थक र फलदायी बनाउन सर्वपक्षिय गोलमेच सभाको आयोजना गरि बिवादीत बिषयहरुमा साझा सहमति कायम गरेर अगाडी बढौ भन्ने ३३ राजनैतिक दलहरुको अग्रहलाइ बेवास्ता गरेकोमा आक्रोस ब्यक्त गरेका छन । बिदेशी शक्ति केन्द्रहरुको स्वार्थ सहितको योजना र निर्देसनमा राज्यको अन्तिम जगेडा शक्तिको रुपमा रहेको नेपाली सेना ,राष्ट्रको सेनालाई ४ दलको मात्र पेवा सोना वनाई अझ बिदेसी शक्तिहरुको योजना र स्वार्थमा परिचालन गरेर बिवादमा ल्याउने जुन निणर्य गरिदै छ यो राष्ट्रको लागी शुभ संकेत समेत नभएको र घोर आपत्ती समेत भएको उल्लेख गरिएको छ । अन्तरिम संबिधान २०६३ को भावना र मर्म बिपरित वारम्वार वाधा अडकाउ फुकाउको नाममा संबिधानकै मर्म माथि प्रहार गरी अन्तरिम संबिधान २०६३ लाइ थिलोथिलो  पारिएको उनिहरुको आरोप छ ।

   ज्ञापन पत्रमा यदि सम्मानिय राष्ट्रपति ज्यूको उपरोक्त अभिभारा पुरा गर्ने तर्फ ध्यान नपुगेमा र सेना परिचालनको अनुमति प्रदान गरिएमा त्यो नेपाल राष्ट्र र नेपाली जनताको निम्ती दर्भाग्य साबित हुने र राष्ट्रध्यक्षको दुरर्शिता नरहने र त्यसबाट उत्पन्न हुने परिणामको सम्बन्धमा राष्ट्रध्यक्ष समेत जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग