Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किन गरे राजेश र नुपुरले आफ्नै १४ बर्षिया छोरी सहित कामदार हेमराजको हत्या?

Published on 4:51:00 AM //

भारत । २० नोभेम्बर २०१३ । गाजियाबादको सीबीआई अदालतले दंत चिकित्सक दंपति राजेश र नूपुर तलवारलाई मंगलवार आजीवन कारावासको सजायँ सुनाएको छ । तलबार दम्पतिलाई हिजो अदालतले आफनी १४ वर्षिया छोरी आरुषि तथा घरेलू कामदार नेपाल अर्घाखाँचीका ४५ वर्षिय हेमराज शर्माको हत्या गरेकोमा दोषी ठहराएको थियो । आरुषी र हेमराजका साढे ५ बर्ष पहिले हत्या भएको थियो ।

४९ वर्षीय राजेश र ४८ वर्षीय नूपुरलाई अतिरिक्त सत्र न्यायाधीश श्याम लालले मृत्यु दण्डको सजाय नदिएर आजीवन कारावासको सजाय सुनाएका हुन् ।

यस भन्दा पहिले सीबीआईले यस डबल मर्डर केशलाई जघन्यतम श्रेणीको हत्या बताउदै अभियुक्तहरुलाई फाँसीको सजायको माग गरेको थियो ।
सनसनीपूर्ण दोहोरो हत्याकांडमा सीबीआईक वकीलले यस हत्याकाण्डलाई नृशंस तथा जघन्यतम बताएका थिए ।
पांच मिनटको छलफलमै न्यायाधीशले कार्यवाही स्तगित गर्दै साँझ पौने ५ बजे सजायँ सुनाएका थिए । हिँजो दोषी ठहर गर्दा रोएका तलवार दम्पति आज भने शान्त देखिएका थिए ।

यो हत्या काण्ड अनैतिक आचरण तथा सेक्स, पुलिसको लापर्बाही, सीबीआईको लापर्वाही र सन्चारमाध्यमको पूर्वाग्रहबाट भरिएको थियो । यो भारतको सर्वाधिक रहस्यमय अपराधको घटना हो।

न्यायाधीशले तलवार दंपतिलाई दोषी ठहराउदै मानवताको इतिहासमा यस्तो सनकीपनको पनि उल्लेख गरे जब आमा बाबुले आफनै सन्तानको हत्या गरेका थिए । तलवार दंपतिलाई आईपीसीको धारा ३०२, धारा २०१, र धारा ३४ अन्तरगत दोषी ठहर गरेको थियो ।
सीबीआईका अनुसार दंत चिकित्सक तलवारले आरुषि र हेमराजलाई १५ र १६ मेको राति आफनो नोएडा स्थित घरमा रिसको झोँकमा तब हत्या गरेका थिए जब तलबार दम्पतिले आरुषी र हेमराजलाई आपत्तीजनक अवस्थामा भेट्टाएका थिए । सीबीआईका अनुसार नूपुरले हत्या अपराधमा पतिलाई सहयोग गरेकी थिईन् ।

तलवार दंपतिको नोएडा स्थित आवासमा कक्षा ९ मा अध्ययनरत छात्रा आरुषी आफनो ओछ्यानमा घाँटी रेटिएको अवस्थामा मृत अवस्थामा भेटिएकी थिईन ।

पुलिस पहिले कामदार हेमराजमाथि हत्याको दोष लगाएको थियो तर त्यस्को २४ घण्टापछी हेमराजको शव तलबार दम्पतिको घरको छतमा फेला पपरेको थियो । हेमराजको शिरमा चोट थियो भने घाँटी रेटिएको अवस्थामा थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग