Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रेश विज्ञप्ती

Published on 5:17:00 PM //


मितिः २०७०/७ /२३

हिजो मिति २०७०/७/२२ गते साँझ गुल्मीको पुर्कोटदहमा एमाओवादी र एमाले कार्यकर्ता विच भएको भनिएको झडपको समाचार कतिपयले म प्रेम सुनारले सञ्चार माध्यममा पुराएको भन्ने बुझाईप्रति मेरो गम्भीर ध्यानकृष्ट भएको छ । हिजो साँझ एविसी टेलिभिजनबाट के कस्तो समाचार आयो र गुल्मीबाट कसले पठायो भन्ने कुराप्रति म आफु अनभिज्ञ छु ।  म गुल्मीको घमिरमा भएको नेपाली कांग्रेसको चुनावी सभाको रिपोर्टीङ गरेर गाडी नपाएपछि हिडेर राती तम्घास आई पुगेको हुँ । चार्ज गर्न नपाउँदा मेरो दिन भरी नै मोवाईल स्वीच अफ थियो र मैले त्यसबारे बुझुन समेत सकेको थिईन । म होटल ब्यवसायी संघका केन्द्रिय सदस्य युवराज भण्डारी, नेपाली कांग्रेस क्षेत्र नम्वर ३ का कोषाध्यक्ष भोजराज श्रेष्ठसंगै तम्घास आएको थिएँ ।
तम्घास आई पुग्न साथ हामीले पुर्कोटदहमा माओवादी र एमालेको झडप भयो रे भन्ने समाचार एविसी टेलिभिजनमा आयो भन्ने मात्रै सुनेका हौं । जुन कुरा श्रेष्ठ र भण्डारीसंग बुझदा पनि स्पष्ट हुने छ । त्यस समाचार पठाउने ब्याक्तिले नाम नहाली अनलाईन मिडिया गुल्मी टुडे डटकममा पनि पठाईएको जानकारी प्राप्त भएको छ । त्यसका सञ्चालक मानबहादुर कुँवरले मलाई राती फोन गरेर सत्य तथ्य के हो भनेर बुझ्नु भएको थियो । मैले उहाँलाई भनेको थिएँ त्यसबारे मैले बुझेको छैन, जसले पठाएको हो उसैसित बुझ्नु होस भनेर ।
म के स्पष्ट गर्न चाहन्छु भने जुन जुन सञ्चार माध्यममा पुर्काेंटदहमा एमाले, एमाआवादी विच भएको भनिएको विवादको समचार पठाएको म आफुले होईन, यदि कसैलाई त्यस्तो भ्रम परेको छ भने संवन्धी सञ्चार माध्यसंग नै सत्य तथ्य बुझ्न आग्रह गर्दछु । साथै कतिपयले म आफुलाई विवादमा तान्ने नियत बोकेको पनि हुन सक्ने भएकोले निर्वाचन सम्वन्धी समचार जसले पठाएको हो उसैको नामवाट प्रकाशमा ल्याई दिन समेत म सञ्चार माध्यमसंग अनुरोध गर्दछु ।
त्यस्तै केहि ब्याक्तिहरुले मलाई रेडियो रेसुङ्गाले निकाल्यो र ओझलेका खवर अव बन्द गरी दियो रे भनेर गरेको गलत प्रचारको पनि म खण्डन गर्न चाहन्छु । मैले रेडियो रेसुङ्गामा नियमित समचारको रिर्पोटिङ्ग गरी रहेको छु र गाउँ गाउँमा पुगेर चुनावी रिपोर्टिङ्ग गर्नु पर्ने ब्यस्तताका कारणले चुनाव सम्मका लागि ओझेलका खवर स्थगित गरिएको तर चुनाव पछि नियमित सञ्चालन गरिने जानकारी समेत म मेरा प्रिय श्रोतामा गराउँदछु ।

 प्रेम सुनार
ओझेलका खवर सञ्चालक
तथा
विभिन्न सञ्चार माध्यमको सम्वादाता, गुल्मी ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग