Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्यावसन गुल्मीको अधिबेशन सकियो, अध्यक्षमा ज्ञवाली चयन

Published on 6:11:00 PM //

पि.एम.मगर
गुल्मी, मंसिर २२ । नीजि तथा आवसीय विद्यालय अर्गनाईजेशन प्यावसन गुल्मीको छैठौँ जिल्ला अधिबेशनसम्पन्न भएको छ । अधिबेशनले संस्थाको नयाँ कार्य समितिको समेत गठन गरेको छ ।
समितिको अध्यक्षमा फर्सुराम ज्ञवाली, उपाध्यक्ष दोर्ण खत्री, सचिव भगतसिँह खड्का, कोषाध्यक्ष ठाकुरप्रसाद पाण्डे, सहसचिव बाबुराम कण्डेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा विष्णुप्रभात घिमिरे, रितेन्द्रबहादुर थापा, मोहन श्रेष्ठ, निरञ्जन न्यौपाने, मिना भलामी र देबीराम पाण्डे रहनुभएको छ । अधिबेशनको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले संस्थागत विद्यालयहरु प््रातिस्पर्धी नभई राज्यका हरेक विद्यार्थीलाइ शिक्षा प्रदान गर्ने अभियानका साझेदार एबं सहयोगी भएको बताउनुभयो । उहाँले जिल्ला शिक्षा कार्यालयलाई संस्थागत विद्यालयका रेकर्डहरु अध्याबधिक गर्न सहयोग पुराउँदै शिक्षा क्षेत्रमा एक रुपता ल्याउन नयाँ कार्य समिति तदारुकताका साथ लाग्नेमा विश्वास व्यक्त गर्नुभयो । त्यस्तै विशेष अतिथि प्यावसनका सल्लाहकार दानबहादुृर के.सी.ले हाम्रो समाजले संस्थागत विद्यालयहरुलाई व्यवसायका रुपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न अझै थप सेवामुलक र अभिभावक प्रिय बन्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्यावसनका निवर्तमान अध्यक्ष श्रीप्रसाद भलामीले जिल्ला शिक्षा कार्यालयले मात्र नभई राज्यले बनाएका नियमहरु लगु गर्न, शिक्षा क्षेत्रलाई अझै प्रभावकारी बनाउन प्यावसनको महत्वपुर्ण स्थान रहेको दाबी गर्दै जिल्ला शिक्षा कार्यालय तथा आफ्ना पदाधिकारीहरुले आफ्नो कार्यकालमा सदैब प्यावसनलाई सहयोग गरेकोमा धन्यबाद समेत व्यक्त गर्नुभयो । अधिबेशनले सचिवको प्रगति प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन समेत पारित गरेको छ । निवर्तमान अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निबर्तमान उपाध्यक्ष फर्सुराम ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन भगतसिँह खड्काले गर्नुभएको थियो । अधिबेशनमा जिल्लाका सबै नीजि तथा आवसीय विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधी शिक्षकहरुको सहभागिता रहेको थियो । प्यावसनको नवगठित समितिको बैठकबाट सल्लाहकार समितिको समेत गठन गरिने बताईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग