Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरोकारवालाकै सामु सदरमुकामका सडकको यो हविगत

Published on 3:31:00 PM //

प्रेम सुनार
गुल्मी २३, मंसिर । रात दिन हिड्ने जिल्लाका नेता एवं सरकारी कर्यालयका हाकीमहरुकै आँखा अगाडी सदरमुकम तम्घासका सडकहरुको हविगत देख्दा कुनै निकाय नै नभएको महशुस हुने अवस्था रहेको छ ।
अन्यत्र कुरै छाडौ जिल्ला प्रहरी कार्यालयको पुरानो गेट अगाडीको ब्यस्त सडकमा ढल माथीको स्लेप भास्सीएको तिन महिना नाघि सक्यो त्यसमा कसैको चासो छैन । उता उपल्लो तम्घासवासी दैनिक ओहर दोहर गर्ने चारीखोलाको मोटरबाटोमा माथीबाट बगेको पानीले रोपाई गर्न हिलाएको खेत जस्तैमा हिड्नु पर्दा पनि कसैलाई मतलव छैन । तम्घास अर्घखाँची पक्की सडकमा समेत माथीबाट बगेको पानीले हिलाम्मे हुँदा पैदल यात्रीले समेत सास्ती खेप्दै आएका छन् ।
तम्घासको वेदुखर्कदेखि नेटा सम्म सिमसिमे पानी परेपनि मोटरसाईकल ओहर दोहर गर्न र पैदल हिडन् समेत गाह्रो हुन्छ । यो हिउँद महिनामा समेत सदरमुकामकै सडकको यो अवस्थाप्रति सरोकारवाला निकायको चासो छैन भने ग्रामिण कच्ची सडकप्रति उनिहरुले कति चासो देलान भन्ने कुरा यसले स्पष्ट पारेको छ भन्छन् सर्वसाधरणहरु । सुटबुट टिलीक्क टल्कीने जुत्तामा सरोकारवाला निकायका मानिसहरु जिल्ला प्रहरी कार्यालय अगाडीको त्यो खाडलतिरबाट तर्किदै छेउबाट पैदल जान्छन् ।
उता गाडी भास्सीने हो कि भन्ने डरले चालकहरु छेउबाट बढो मुस्कीलले गाडी तार्ने गर्दछन् । जुन सडक रातमा समेत जिल्ला अस्पतालको एम्वुलेन्स आवत जावत गर्नु पर्ने सडक हो । भु–संरक्षण कार्यालयबाट उपल्लो तम्घासतिर जाने ब्यस्त मोटरबाटामा मोटर साईकल डोराएर र पैदल हिंडदा जुत्ता खोलेर ह्ड्निे गरेको देखिन्छ ।  तम्घास वेदुखर्कका  वासीन्दा चेतनारायण पन्थी भन्छन्–‘ यहाँका नेता तथा सरकारी कार्यालयका हाकिमहरु विहनामा मर्निङ्ग वाक गर्ने यो वाटोमा १५ पटक भन्दा बढि यातयातका साधन खस्दा समेत यो घुम्ती मर्मत गर्न चासो दिईएको छैन् ।’
उपल्लो तम्घासमा रहेको मालमोत कार्यालय जाने मोटरबाटोमा पनि सिमसिमे पानी पर्दा पनि मोटर साईकल र टयाक्टर आवत जावत गर्न मुस्कील छ । सदरमुकाम कै सडकको यो लाजमर्दो अवस्थाप्रति जिल्ला विकास समितिको किन ध्यान पुग्न सकेन त ? निमित्त स्थानिय विकास अधिकारी लालु गिरीले साँच्ची नै त्यहाँ यतिका महिना सम्म गाडीले ट्रनिङ्ग काट्न गाह्रो भएको देख्दा पनि  ध्यान पुग्न नसकेको बताए ।  
जिल्ला ईन्जिनियर रहेका उनले भने–‘ म एलडिओसाव आए पछि यो कुरा जानकारी गराउँला त्यहाँ लगायत सदरमुकाम कै सडककाबारेमा उहाँले राजनैतिक संयन्त्रको बैठकमा कुरा राख्नु होला ।’ गिरीले थपे–‘ पक्की सडक त सडक डिभिजन पाल्पाले हेर्नु पर्ने हो तर त्यति सानो कुरा जिल्ला प्रहरी कार्यालय अगाडी मर्मत गर्न त उसैलाई कुर्नु पर्ने थिएन होला ।’
प्रहरी कार्यालय अगाडीको विच सडकको खाडल 
पिज गरेको दुई वर्ष नपुग्दै तम्घास अर्घाखाँची सडकमा माथीबाट बगेको पहिरो र पानीले पारेको खाडल

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग