Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुरु महोत्सवको तयारी

Published on 11:11:00 AM //

गुल्मी, पुस ७ - जिल्लामा पहिलोपटक 'रुरु महोत्सव' आयोजना गरिने भएको छ । 'रुरु महोत्सव गौरव हो हाम्रो, सर्ंवर्द्धन गरौं धर्म र संस्कृतिको राम्रो' भन्ने नाराका साथ गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडी बजारमा आगामी माघ १ देखि ७ सम्म महोत्सव गर्न लागिएको हो ।
स्थानीय रुरु पmेन्डस क्लबको मुख्य आयोजना तथा रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति, रुरु गाविस, जिविस, घरेलु तथा साना उद्योग विभाग, नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंको सहआयोजना एवं नेपाल पर्यटन बोर्डको पर््रवर्द्धनमा महोत्सव आयोजना गरि“दै छ । महोत्सवले ओझेलमा परेको धार्मिक महत्त्वको रिडी क्षेत्रको विकास, संरक्षण र प्रचारप्रसारका लागि सहयोग पुर्‍याउने विश्वास आयोजकले लिएका छन् ।
माघे संक्रान्तिका अवसरमा प्रत्येक वर्षयहा“ तीन दिनसम्म मेलासमेत लाग्ने गर्छ । आयोजकका अनुसार महोत्सवमा १ सय ५० स्टल राखिनेछन् । महोत्सव गर्न १५ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । महोत्सवबाट ७ लाख आम्दानी गर्ने र उक्त आम्दानीले रिडीको प्रमुख महत्त्व राख्ने कालीगण्डकीको घाट व्यवस्थित, रुरु खेलमैदान संरक्षण र मञ्च निर्माण, क्याम्पस सञ्चालन र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने लक्ष्य छ । महोत्सवमा २ करोडभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ । आयोजक समितिका अध्यक्ष केशरमान बजिमयले मेला झन्डै २ लाख दर्शकले अवलोकन गर्ने आशा गरिएको बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग