Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा सिमकार्ड वितरण

Published on 12:30:00 PM //

गुल्मी (तम्घास), नेपाल टेलिकम गुल्मीले पहिलो पटक गुल्मी जिल्लामा मोवाईल सिम कार्ड वितरण गरेकेा छ। पौष २६ देखि ३० गतेसम्म ५ दिन लगाएर प्रिपेड(नमस्ते) सिमकार्ड जम्मा २७ सय वितरण गर्यो। गुल्मीमा गत चैत्र देखि मोवाईल नेटवर्क संचालनमा आएको थियो। संचालनमा आए देखि गुल्मीमा मोवाईल प्रयोगकर्ताहरुले पाल्पा र बुटवलबाट कालो बजारीबाट धेरै सिमकार्ड लिई प्रयोग गरेकेा थिए। जसमा करिब सात सय जति भएको अनुमान गरिएको छ। अहिले वितरण गरेका सिमकार्ड र पहिलेका प्रयोगकर्ता सहित करिब ३५ सय मोवाईलकर्ताहरु पुगेका छन्। यस बाहेक करिब २५ सय स्काई फोन र करिब आठ आठ सय सिडिएमए र साधारण फोन संचालनमा रहेका छन्। टेलिकमले सिमकार्डको फर्म मंसिर महिनामा खुलाएको थियो। सोही बेला भरेका फर्मको आधारमा २७ सय मोवाईल सिमकार्ड वितरण गरेको हो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग