Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको चिठ्ठाको नतिजा सार्वजनिक

Published on 5:40:00 PM //

Gulmi Darshan
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक उत्सवको उपलक्षमा सञ्चालित अनाथ बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको सहयोगार्थ भाग्यशाली चिठ्ठा कार्यक्रममा सहयोग गर्नुहुने विभिन्न संघ/संस्था तथा कोरियाबासी सम्पूर्ण नेपाली नागरिकहरुमा गुल्मी सम्पर्क समिति दक्षिण कोरिया हार्दिक आभार व्यक्त गरेको छ ।साथै सो कार्यक्रमका लागि बाग्लुंङ सम्पर्क समितिले समय र स्थान उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेको छ। यसैगरी चिठ्ठा प्रकाशन गरिदिने ग्यालेक्सी नेटवर्क प्रति पनि आभार व्यक्त गर्नुको साथै गुल्मी सम्पर्क समितिले कोरियामा स्थापित विभिन्न संघ/संस्थाहरुसँग हातेमालो गर्दै काम गरेको जानकारी दिएको छ।समितिले संचालन गरेको उक्त भाग्यशाली चिठ्ठा कार्यक्रमको नतिजाअनुसार प्रथम पुरस्कार चिठ्ठा नं. ००१३६५ ल्यापटप एक, द्वित्तीय पुरस्कार चिठ्ठा नं. ०००८६२ सूनको ब्रसलेट एक, तृतीय पुरस्कार चिठ्ठा नं. ०००२५८ र ०००५८३ डिजीटल क्यामेरा दुई, चौथो पुरस्कार चिठ्ठा नं. ०००८४६, ०००१२४, ००१३४३ नेपालमा चल्ने मोवाईल तीन सेट, र सान्त्वना पुरस्कार चिठ्ठा नं. ०००८१४, ०००९७८, ०००६४१, ०००४७९, ०००२८१ पाँच रहेको छ।समितिले पुरस्कार विजेताहरुले अर्धकट्टीसहित नतिजा प्रकाशन भएको मितिले एक महिनाभित्र गुल्मी सम्पर्क समितिको कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरेको छ। सो मिति भित्र पुरस्कार दावी गर्न नआएमा स्वतः रद्द हुने जानकारी समितिले गराएको छ।समितिले आवश्यक जानकारीका लागि ०१०५१४६०००३४, ०१०५११३१६५२, ०१०३१४२२०४१, ०१९८१६३२६४ मा समपर्क गर्न अनुरोध गरेको छ।

Source: NepalBritain.com

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग