Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घनामा परि उम्मेदवारको सुरक्षार्थ खटिएका एमाले कार्यकर्ताको मृत्यु

Published on 4:01:00 PM //

Gulmi Darshan
गुल्मीका उम्मेदवार प्रदीप ज्ञवालीको सुरक्षार्थ खटिएका एक एमाले कार्यकर्ताको हिजो साँझ मोटरसाईकल दुर्घनामा परि मृत्यु भएको छ । गुल्मी क्षेत्र नं. २ का एमाले नेता उम्मेदवारीक्षेत्र ज्ञवालीको सुरक्षाका लागि खटिएका दिवांग गाविस-२ पिपल्लेटारका ३४ वर्षीय हरि कडेँलको मृत्यु भएको हो ।
चुनावी सभा सकि सदरमुकाम तम्घास फर्कने क्रममा उनी चढेको लु ४ प ६४७६ नं. को मोटरसाईकल सोही गाविसको ठुला टापुरामा सडकबाट करिब चारसय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यलयका प्रहरी महानायवउपरिक्षक राजेन्द्र प्रसाद चौधरीका अनुसार उनको शव झण्डै आठ सय मिटर तल खोल्सामा खसेको थियो । उनलाई ज्ञवालीको सुरक्षा दस्ताको संयोजकमा खटाईएको एमालेले जनाएको छ ।

Tags:

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग