Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विश्वसम्पदामा रूरूको हृषीकेश क्षेत्र थप्न प्रस्ताव

Published on 8:19:00 AM //

Gulmi Darshan
पुरातत्त्व विभागले गुल्मीस्थित रूरूको हृषीकेश क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोमा प्रस्ताव पठाएको छ। विश्वव्यापी मान्यता र युनेस्कोको समेत मूल्यांकनभित्र पर्ने गरी करिब तीन साताअघि नामा पठाएको विभागका विश्वसम्पदा शाखाका पुरातत्त्व अधिकृत सुरेश श्रेष्ठले बताउनुभयो। प्रत्येक वर्षफेब्रुअरी महिनामा नेपालका सम्पदाको नामावली पठाउने गरेको जानकारी गराउँदै विश्वसम्पदा शाखाका आर्किटेक्ट इन्जिनियर रमेश थपलियाले अद्वितीय कला, संस्कृतिले भरिएको नेपालको नाम विश्वसामु परिचित गराउन नामावली प्रस्ताव गरिएको बताउनुभयो।ँहामीले नामावली प्रस्ताव गरेका छौं, युनेस्कोले सूचीकृत गर्ने वा नगर्ने निर्ण्र्ाागर्नेछ’ -पुरातत्त्व विभागका महानिर्देशक कोषप्रसाद आचार्यले भन्नुभयो।यसअघि काठमाडौं उपत्यका र लुम्बिनी पुरातात्त्विक सम्पदाको रूपमा विश्वको सबैभन्दा अग्लो सगरमाथा तथा चितवन प्राकृतिक सम्पदाको रूपमा विश्वसम्पदा सूचीमा सूचीकृत भइसकेका छन्।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग