Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टेलिकमले गुल्मीमा दुइवटा टावर थप्यो

Published on 4:48:00 PM //

Gulmi Darshan,

Gulmi, 16 Jestha नेपाल टेलिकम गुल्मीले शान्तिपूर र ठुलोलुम्पेक गरी जिल्लाका थप दुई ठाउमा टेलिफोन टावर सन्चालनमा ल्याएको छ । टेलिकमले शान्तिपूरको टिमुरे लेकमा र ठुलोलुम्पेकको भुजुङा डाँडामा पाँच सय क्षमताको सि डि एम ए र स्काइ मोबाईल को बि टि एस जदान गरी टावर सन्चालन गरेको हो । टावर सन्चालनमा आएपछी जिल्लाका शान्तिपूर, ठुलोलुम्पेक, लिम्घा, रुपाकोट, जुहाङ, हाँसरा, तुरङ, जुभुङ, खड्गकोत, बिसुखर्क, हरेवा, अर्जेवा, ग्वाघ, छाप्चौर, फोक्सिङ, भार्से लगायत बाग्लुङ, पर्वत, स्यङ्जा, पाल्पाका दर्जनौ गा बि सका हजारौ बसिन्दाहरुलाई प्रतक्ष फाईदा पुगेको छ । टेलिकमले यसअघी जिल्ला सदर्मुकाम तम्घास र बम्घामा टावर राखेर सि डि एम ए र स्काइ मोबाईलका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको थियो । शान्तिपूर र ठुलोलुम्पेक दबै क्षेत्रमा बिध्धुत नपुगेकाले दुबै टावर सोलारबाट सन्चालन गरिएको छ ।


Tags:

3 comments

  1. राम्रो लाग्यो तपाईं को साईट खुशी लाग्यो , धन्यवाद
    आफ्नो गाँउ अनि ठाउँ लाई संसार मा चिनाउन खोज्नु भएको मा मुरी मुरी धन्यवाद फेरी पनि

    ReplyDelete
  2. dherai nai ramro prayash ho malai dherai khusi lagyo aafno mauliktaa ma dhyaan diyera blog sanchaalangarrnu bhyeko ma thank you...

    ReplyDelete
  3. Thanks man for immidiate information. Samachaar ta ramro ho tara tyo powerko photo gulmikai ho ra bhanya??? malai ta sankaa lagyo hai......

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग