Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सम्झौताले गुल्मेली चेलीको सपना झ्वाम

Published on 8:09:00 AM //

इंदिरा आचार्य, बुटवल

क्याम्पस पढ्नको लागि गुल्मीबाट बुटवल आएकी सरिता घिमिरेको क्याम्पस पढ्ने रहर पुर गर्न चार महिन मात्र बुटवल बस्न पाउने बिहे अघिको सम्झौता हो । बिहे भएको केही महिना पछी उन्का श्रीमन कतार गए । बिहे अघिको सम्झौता लाई नतोड्नको लागि उनी बुटवलबाट उन्को ष्रीमानको घर इश्मा पुगिन । आइ ए तम्घस्बाट गरेर बि ए पढ्न झरेकी सरिता भर्न भएको पाँच महिनामै पढाई छोडेर घरबारे भाईन । सरिता भन्छिन घरबाट पढाउने अवस्था त थिएन तर बुटवलमा केही रोज्गार पाउला र पढुला भन्ने आशा थियो तर त्यो पनि पुरा भएन त्यसैले बिस बर्शे कलिलो उमेरमै बिहे गर्ने निर्णय गरे । यस्तो सम्झौता किन गरियो त भन्ने प्रश्नमा सरिता भन्छिन -'उमेर यस्तै हो ष्रीमान बहिर बस्ने भएपछी श्रीमतीप्रती गर्ने सङ्काका कारण यस्तो सम्झौता बनेको होला भन्दै आफ्नो अनभिज्ञता ब्याक्त गरिन । सरिताका श्रीमान रविले कतार पुगेपछी चार महिनाको अवधीमा फोनबाट ख्याल गरिरहन्थे ।
त्यस्तै गुल्मीबातै पढ्नको लागि २०६१ सल्मा बुटवल झरेकी पार्वती भुसालको बिहे भने कक्षा १० मै भएको थियो । उनका श्रीमान पनि रोज्गारका लागि मलेशिया गएका थिए । उन्को भने बिहे अघिको सम्झौता एस् एल सि पास गर्ने र आइ ए बुटवलमा पढ्न पाउने थियो । पार्वतीले प्रमाण पत्र तह प्रथम श्रेणीमै उत्तीण गरेपनि स्नातक पढ्न नपाउने अवस्था आयो । पढौ भने घरबार बिग्रन्छ कि भन्ने डर नपढौ भने भित्रै देखिको इच्छा भन्दै उनी प्रमाण पत्र तहको जाच नसकिदै बिदेशबाट ष्रीमानले टेलिफोन गरेर आफ्नो सम्झौता बारे सम्झाएका थिए । उनले आफु पास हुने र स्नातक पढ्न पनि आफुलाई सघाउन ष्रीमान्समाक्ष आग्रह गरेकी थिईन । आफुले घरमै बसेर भएपनी प्राईभेट एक्जाम दिने बताएकी थिईन् । तर श्रीमानले त्यो कुरालाई स्विकार गरेनन र सम्बन्धै बिग्रने स्तीथी आएपछी उनले पनि पढाई छोड्नु पर्‍यो ।
सरिता र पर्वती जस्ता थुप्रै चेलीहरु यस्तै सम्झौता र बन्धनले गदा आफ्नो पढाई बिच्मै छोड्न वाध्य छन । बुटवल बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र शन्कायमा 2062/2063 मा भर्ना भएका १ हजार १ सय २६ जना बिद्यार्थी मध्ये २ सय ६२ जना बिद्यार्थी तेश्रो बर्षमा अध्ययन गर्दासम्म ड्रप आऊट भए । जसमध्ये १६६ जन छात्रा रहेका छन । उनिहरुमध्ये अधिकाङ्स बिवाहित छात्राले पढाई छोड्नुको कारण सरिता र पार्वतीको जस्तै छ ।

Tags:

4 comments

  1. its nice creation keep it up
    and God bless you ......!

    ReplyDelete
  2. Its the matter of shame that ahileko 21st century ma pani aafna srimatiharulai napadhaune manchheharu ta janawaar nai hun.

    ReplyDelete
  3. Yo news padhda ekdam dukha lagyo. purush bhanauda harule mailaharu mathi gareko yo charam aparaadh ho. Kina GULMI ra BUTWAL sthit Mahila adhikaar karmiharu yesko birudhma awaaj uthaudainan???

    ReplyDelete
  4. First of all ta Indira jee lai yo samachar lekhekoma dhanyabaad. Ahileko Sikshit samaajma pani yesto ghatana hunu dukhad kura ho. Sampurna mahile adhikaar karmi haru le aawaaz uthayera uniharulai feri padhaima lagne batabaran banaidina jaruri chha.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग