Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छ गाविसमा सामुदायिक विद्युतीकरण

Published on 6:35:00 AM //

गुल्मी, असार २०/ कांतिपुर - ग्रामीण सामुदायिक विद्युतीकरण कार्यक्रमअर्न्तर्गत यहा“का छ गाविसमा बिजुली बलेको छ ।
स्थानीयबासीको सक्रियतामा सरकारको ८० प्रतिशत र जनताको २० प्रतिशत लगानिमा बिरबास, जुभुङ, बलिथुम, तुराङ, रुपाकोट, आ“पचौर गाविसमा बत्ती बलेको हो । बिरबासमा ६० लाख लागतमा ५ सय घरपरिबारमा बत्ती बलेको छ । १ करोड ५० लाखभन्दा बढी लागतमा जुभुङ, तुराङ, रुपाकोट, आ“पचौर र बलिथुम गाविसमा बत्ती बलेको छ ।
विद्युतीकरणबाट पा“च गाविसका २ हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएको ग्रामीण सामुदायीक विद्युतीकरण उपभोक्ता समिति तुराङका सदस्य विष्णु गौतमले बताए ।
जिल्लामा ०६० सालदेखि सामुदायिक विद्युतीकरण सुरु भएको हो । यसअघि बलेटक्सार, ठूलो लुम्पेक, जोहाङ, अस्लेवा, दरबार देविस्थान लगायतका गाविसमा सामुदायिक विद्युतीकरण कार्यक्रमअर्न्तर्गत बिजुली बलेको छ ।



Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग