Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमेरिकाको एटलान्टामा नेपाली मारिए

Published on 1:23:00 PM //

Gautam Dahal, Washington DC

वासिंड.टन डीसी, अगस्ट २७ अमेरिका जर्जिया राज्यको एलान्टा शहरस्थित मेरिएट्टा भन्ने ठाउँमा आफ्नै व्यवसाय गरेर बसेका नेपाल गुल्मी घर भएका अन्दाजी ३७ वर्षका विनोद श्रेष्ठको सोमबार राती अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको छ । सोमबार साँझ आफ्नो स्टोरबाट बासस्थान फर्किने क्रममा आफ्नो अपार्टमेन्ट अगाडी पार्किड.लटमा श्रेष्ठमाथि साँझ आठबजे चार पाँच गोली प्रहार भएको कुरा एटलान्टाबासी चेतनाथ घिमिरेले जानकारी गराउनुभयो । गोली प्रहार भएको जानकारी स्थानीय अपार्टमेन्ट वरपर बस्नेहरुले प्रहरीलाई खबर गरेको र प्रहरीले घटनास्थल आइपुग्दा श्रेष्ठको मृत्यु भइसकेको र साँझ साढे आठ बजे श्रेष्ठको शवलाई लगेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र स्थानीय नेपाली समाजलाई थप जानकारी प्रहरीले आफ्नो अनुसन्धानपछिमात्र दिने भनेको जानकारी एनआरएन उत्तर अमेरिकाका उपाध्यक्ष राजा घलले लागि गौतम दाहालसँगको कुराकानीमा दिनुभएको छ । पहिले गुल्मी घर भए पनि हाल आफ्नो परिवार बुटबलमा बसोबास गर्दै विगत झण्डै सात वर्षअघि अमेरिका आएका श्रेष्ठले अमेरिकी नागरिकसित वैवाहिक बन्धनमा बाँधिएका थिए । सोमबार घटेको उक्त घटनापछि नेपालमा मृतक श्रेष्ठका परिवालाई खबर गरिएको र उनका परिवारका सदस्य भाइ आज बुधबार नेपालबाट हिडिसकेको थाहा भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग