Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी हवल्दार बेपत्ता

Published on 4:53:00 PM //

Gulmi Darshan

गुल्मीको रिडी नजिकै रहेको कालिगन्डकीमा बगेर आईतवारदेखी एक प्रहरी हवल्दार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पाल्पा जिल्लाको ईलाका प्रहरी चौकी सर्दैवामा कार्यरत गुल्मी वाग्ला निवासी प्रहरी हवल्दार प्रेम आचार्य रहेका छन् । बाग्लुङ जिल्ला बाटकचौर गविस निवासी २२ बर्सीय युवती लक्ष्मी काउछा सँग कलिगण्डकीमा फोटो खिचाउन आएको अवस्थामा उनी कलिगन्डकिको बिच्को बगरमा पुग्न कलिगन्डकी तर्ने क्रममा बगेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय रिडिका प्रहरी निरीक्षक सुबाश गैरेले बताउनु भयो । अहिले पाल्पाका बिभिन्न स्थान र रिडिमै प्रहरी परिक्षालन गरी उनको खोजी भइरहेको प्रहरी कार्यालय रिडीले जनाएको छ । प्रेम आचार्यसङै गएकी युबती लक्ष्मीलाई प्रहरिले आईतवार नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग