Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलाहरुद्वारा प्रहरी कार्यालय घेराउ

Published on 4:09:00 PM //

Gulmi Darshan

आमा छोरीको हत्यामा सङ्लग्न अपराधीहरुलाई प्रहरिले जोगाउन खोजेको भन्दै सयौ महिलाहरुले गुल्मीको जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । गुल्मीको बस्तु गविस १ घाट निवासी रमेश पाण्डेकी ४१ बर्सीय श्रीमती पवित्रा पाण्डे र १४ बर्सीय छोरी शिल्पा पाण्डेलाई साउन 25 गते आफ्नै घरमा बलत्कार गरी निर्ममता पूर्वक हत्या गरेका थिए । हत्यामा सङ्लग्न कमल नेपाली , हरी थापा र पद्मे कुमाललाई प्रहरिले पक्राउ गरी अनुसन्धान सुरु गरेपनी हत्यामा सङ्लग्न बिष्णु थापा सहित सात जनाले हत्या गरेको स्वीकार गरेपनी घटनामा सङ्लग्न बिष्णु थापालाई पक्राउ नगरि घटनालाई प्रहरिबाट नै ढाक्छोप गर्न खोजेको र अभियुक्तहरुलाई छुटाउन खोजेको आरोपमा महिला लगायत जिल्ला स्थित राजनैतीक दल र नागरिक समाजले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन । घटनालाई राजनैतीक सम्रक्षण गर्न खोजेको आरोप समेटा लगाइएको छ । घटनाको अनुसन्धान हुँदा हुँदै गुल्मीका प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद चौधरी बिदामा बसेर घटनालाई फितलो अनुसन्धान बाट हत्याहरुलाई उम्काउन खोजेको पीडित रमेश पाण्डेले बताउनुभयो । तर भने प्रहरिले घटनाको सम्बन्धमा अनुसन्धान भाईरहेको र दोषी पत्ता लगाइ कार्वाही गरिने बताएको छ । घटनाको सम्बन्धमा जिल्लास्थीत मानवअधिकारकर्मी, नागरिकसमाज र संचारकर्मीको एक टोलीले छुट्टै अनुसन्धान पनि सुरु गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग