Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्य टोली गाउ“मा

Published on 2:51:00 PM //

Gulmi Darshan
गुल्मी, भदौ २८ - पहिचान हुन नसकेको रोगको प्रकोप बढ्दै गएपछि पश्चिमी क्षेत्रका गाविसमा स्वास्थ्यले औषधीसहित स्वास्थ्यकर्मी टोली खटाएको छ ।
जिल्लाको नेटा, दर्लिङ, पौदी अमर्राईलगायत गाविसमा एक सातादेखि फैलिएको टाउको दुख्ने, रुघा खोकी लाग्ने, ज्वरो आउने, बेहोस हुने जस्ता रोग बढ्दै जान थालेको छ । यसबाट पश्चिमी क्षेत्रमा हजारभन्दा बढी बिरामी परेका थिए । रोगले प्रकोपको रूप लि“दै गएपछि गाउ“मा औषधीको अभाव बढेको थियो ।
जिल्ला स्वास्थ्यले त्यस क्षेत्रमा जनस्वास्थ्य निरीक्षक कृष्ण पन्थीको नेतृत्वमा औषधिसहित स्वास्थ्यटोली शनिबार खटाएको निमित्त प्रमुख शिवप्रसाद चालिसेले बताए । गाउ“मा बिरामी बढ्दै गएपछि सिटामोल पाउनसमेत छोडेको स्वास्थ्यकर्मी अमरसिंह पुनले बताए ।
टोलीले सिटामोल, जीवनजल र भाइरल फिवरका औषधी लिएर गएको अस्पतालले जनाएको छ । रोग परीक्षण गरेर जानकारी गराएपछि थप औषधी पठाइने प्रमुख चालिसेले बताए ।

Tags:

1 comment

  1. Tu abiti in un posto bellissimo,con gente vera ,ti augura tanta fortuna e felicita'.ciao dall'Italia,Eugenio

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग