Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा अज्ञात रोगका कारण सयौ बिरामी

Published on 2:50:00 PM //

Gulmi Darshan

गुल्मी जिल्लाको क्षेत्र ३ स्थित ३ वटा गविसमा केही दिनयता फैलिएको अज्ञात रोगका कारण सयौ मनिसहरु बिरामी परेका छन । अज्ञात रोगका कारण सुरुमा टाउको दुख्ने, ज्वोरो आउने तथा रुघा लाग्ने समस्या देखिने र पछी बिरामी एक्कासी बेहोस् हुने समस्या देखा परेको छ । जिल्लाको नेटा, पौदीअमराइ र दर्लिङ गविसमा अज्ञात रोगका कारण मनिसहरु बिरामी पर्न थालेका हुन । रोगका कारण बिधर्थीहरु स्कुल आउन छाडेपछी अहिले स्कुल बन्द गर्नुपर्ने अवस्था आएको सरश्वती माद्यामिक बिद्यालयका प्रअ भिम प्रसाद घिमिरेले बताउनुभयो । बिरामीहरु दिनप्रतिदिन बढ्न थालेको तर नेटा गविसको स्वास्थ्य चौकीमा औषधी र अहेब समेत नहुँदा त्यहाँ बिरामीहरु उपचारको अभबमा थप समस्यामा परेका छन । स्थानीय मेडिकलमा बिरामीहरु उपचारमा आउने गरेको र मेडिकलमा रोग पत्ता लगाउन नसकिएको मेडिकल संचालक प्रकाश पाण्डेले बताउनुभयो । यसबारे जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जिल्लामा कुनै जानकारी नआएको बताउदै जानकारी आउनसाथ तुरुन्तै त्यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाइने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख शिव चलिसेले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग