Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जमरा राखियो

Published on 8:04:00 PM //

Gulmi Darshan

काठमाडौं, असोज १४ - हिन्दुहरूको महान चाड बडा दसैंको पहिलो दिन मंगलबार मुलुकभर दर्ुगाभवानीको प्रतीकका रूपमा दसैंघर तथा पूजाकोठामा घटस्थापना गरिएको छे ।
आश्विन शुक्ल प्रतिपदामा वैदिकहरूले नजिकको तर्ीथबाट ल्याइएको माटोमा वैदिक विधिपर्ूवक पञ्चधातु एवं पञ्चपल्लव राखी जौ र मकै छरेर पूजाकोठामा वा दसैंघरमा घटस्थापना गरिन्छ । तान्त्रिक मतालम्बीले भने पञ्चमकारसहित तान्त्रिक विधिले ठूलो भेगुतमा तर्ीथबाट ल्याइएको बालुवा वा पांगो माटोमा जौ र मकै छरेर घटस्थापना गरे ।
अबका नौ दिन-नवमी)सम्म नवरात्रि भनी प्रत्येक दिन बिहान सबेरै एक/एक तर्ीथमा गई स्नान गरी एक/एक शक्तिपीठमा पूजा आरधाना गरी नजिकको शिव लिंगलाई अर्घ दिने गरिन्छ । विजयादशमीका दिन गुह्येश्वरी- स्थित शान्ति तर्ीथमा स्नान गरी गुह्येश्वरीको पूजा अर्चना गर्दै नवरात्रि समापन गर्ने परम्परा छ ।
असोज २० गते सोमबार नुवाकोटमा पर्ने धुनीबेसीबाट जमल पुर्‍याइएको फूलपाती त्यहा“देखि बाजागाजाका साथ हर्षबढाइ“ गर्दै डोलीमा राखेर ल्याई हनुमानढोका दरबार भित्र्याइन्छ ।
सप्तमीकै दिन तलेजु मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याई राखिन्छ । अष्टमी र नवमीबीचको रातलाई कालरात्रिका रूपमा मनाइन्छ । नवौं दिन अर्थात् महानवमीका दिन घटस्थापना गरेको ठाउ“ तथा विभिन्न शक्ति पीठ र कोतमा हा“स कुखुरा, बोका र रा“गा बलि चढाइ पूजा गरिन्छ ।
विजयादशमीका दिन तलेजु भवानीलाई हनुमानढोका दरबारको मूलचोकबाट आफ्नै मन्दिरमा लगिन्छ र दिनभर पूजा अर्चना गर्न र्सार्वसाधारणका लागि तलेजु भवानीको मन्दिर खुल्ला राखिन्छ ।
विजयादशमीदेखि कोजाग्रत पूणिर्मासम्म आफूभन्दा जेठा र मान्यजनका हातबाट टीका थापिन्छ । कोजाग्रत पूणिर्माका दिन महालक्ष्मीको पूजा अर्चना गरी दसैं पर्व समापन गरिन्छ । दसैंभर मालश्री राग गाउने चलन छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग