Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमै दैनिक करोड रेमिटेन्स

Published on 2:30:00 PM //

घनश्याम गौतम
गुल्मी, असोज २५ - अघिल्ला दसंै अवधिमा उपभोग्य सामानदेखि बैंकहरूमा ग्राहकको भीडै लाग्थ्यो । यसपालिको दसैंमा भने अर्को कामका लागि पनि भीड लाग्यो । त्यो हो- रेमिटेन्स झिक्न ।
रोजगारीका लागि विदेसिएका युवाले महिनौं लगाएर कमाएको रकम यही दसैं अवधिमा पठाउनाले जिल्लाका प्रायः सबै वित्तीय संस्थामा निक्कै भीड लाग्यो । विभिन्न वित्तीय संस्थाका अनुसार यो अवधिमा दैनिक सरदर एक करोड रकम भित्रियो ।
जिल्लाबाट ४० प्रतिशतभन्दा बढी युवा रोजगारीका लागि विदेसिएका छन् । विदेसिनेमा धेरै खाडी मुलुकमा छन् । दसैंका अवसरमा घर आउन नपाएपछि उनीहरूले विदेशबाट वित्तीय संस्थामार्फत् लाखौं रकम पठाएका हुन् ।
सदरमुकाममा रेमिटेन्स कारोबार गर्दै आएको सेन्च्युरी इन्टरनेसनलमा सबैभन्दा बढी भीड लाग्ने गरेको छ । त्यस्तै रेसुंगा विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, वाईके रेमिटलगायतका संस्थामा पनि पछिल्लो एक सातामा निकै ठूलो भीड लाग्यो । सेन्च्युरीले दैनिक १ सय ५० जनाभन्दा बढीलाई ३० देखि ४० लाखसम्म वितरण गरेको उक्त संस्थाका प्रेम श्रेष्ठले बताए ।
विदेशबाट आउने रकम १० हजारदेखि ४/५ लाखसम्म हुने गरेको छ । रकम लिन जिल्लाका दर्ुर्ुगम गाउ“बाट दर्ुर्ुइ दिन हि“डेर आउने पनि थिए । 'पछिल्लो सातामा बैंकमा दिनमा ५०/५५ लाखसम्म पनि वितरण गरियो,' रेसुंगा बैंकका नायब महाप्रबन्धक साजन भट्टर्राईले भने ।
अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, पmान्सलगायत विकसित देशमा पठाउने युवाले पनि रकम पठाए । खाडी मुलुकमा जानेले १० देखि ६०/७० हजारसम्म कमाउने गरेका छन् ।
अन्य देशमा जानेले १ लाखभन्दा बढी पठाउने गरेको पनि प्रबन्धक भट्टर्राईले बताए । बैंकले आईर्एमई, प्रभु, वर्ेर्स्टनलगायतका वित्तीय संस्थामार्फत् रेमिटेन्स कारोबार गरिरहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग