Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१२ वर्षेखि खनेको खन्यै

Published on 3:25:00 PM //

घनश्याम गौतम /कान्तिपुर
गुल्मी, कार्तिक २ - गाउलेले बाह्र वर्षेखि सडक खनेको खन्यै छन् । सदरमुकामसँगै जोडिएर पनि अझै यातायात पुग्न सकेको छैन । गाउमा मोटर पुर्‍याउन झन्डै ४० लाख खर्च भइसक्यो । पराल्मी गाविसलाई सदरमुकाम तम्घाससंग जोड्ने सडकको अवस्था हो यो । ०५२ देखि स्थानीय पहलमा खन्न सुरु गरेको सडकको लम्बाइ मात्र १२ किलोमिटर छ । हरेक वर्षसडक खनेकै छन्, तर मोटर पुगेको छैन । किन त 'पहिलो सडक खण्डको धेरै स्थानमा कडा चट्टान,' उपभोक्ता समितिका अध्यक्ष धनसिंह पेमी भन्छन्- 'अर्को प्रत्येक वर्षसडकको ट्रयाक परिवर्तन हुनु ।' स्थानीय समाजसेवी जीवलाल पोखरेलका अनुसार सुरुमा गाउलेले सल्लाह गरेर सडकको ट्रयाक तयार गरिएको थियो । त्यतिबेला स्थानीयस्तरको र्सर्भेअनुसार सडक खनियो । ०५६ मा भने प्राविधिक ज्ञान भएका सुदन श्रेष्ठको सल्लाहमा केही ट्रयाक परिवर्तन गरेर सडक खनियो । ट्रयाक नमिलेको भन्दै ०६२ मा जिविसले डिटिएल र्सर्भे गरेपछि गाउलेले पुनः अर्को ट्रयाक खने । तर पनि मोटर गुडेन । अहिले फेरि जिविस प्राविधिकले र्सर्भे गरेर ट्रयाक परिवर्तन गरेका छन् । यो वर्षपनि हेभी डोजरको प्रयोग गरेर सडक निर्माण र चट्टान फोर्ने काम भइरहेको छ । गाउ“लेलाई समयमा ट्रयाक परिवर्तन गर्दै सडक खन्दै गर्नुपर्ने बाध्यता त थियो । यसमै अर्को समस्या छ, गाउको मुखैमा परेको कडा चट्टान । १२ वर्षेखि श्रमदान गरेर नथाकेका बासिन्दाको लगाव देखेर दुई वर्षघि भैरवप्रसाद गणका सेना पनि झन्डै २ महिना सडक निर्माण्मा लागेका थिए । उनीहरुले चट्टान फुटाउन मात्रै झन्डे २ सय ब्लास्टिङ गरे तर चट्टान फुटाउन सकेनन् । र पनि गाउलेहरुमा अझै सडक पुर्‍याउने आशा मरेको छैन । 'यो वर्षतम्घास-पराल्मी मोटर गुड्ने सम्भावना छ,' अध्यक्ष पेमी भन्छन्- 'हेभी स्काइभेटर प्रयोग गरेर चट्टान फोरिरहेको छ । यस्तो अघि गरिएको थिएन । आशा गरौं, अब सडक जोडिने छ ।' गाविस पर्ूवअध्यक्ष शिवप्रसाद पोखरेलका अनुसार सडक निर्माणमा अहिलेसम्म केन्द्रीय, जिविस र गाविसबाट गरी झन्डै ३० लाख खर्च भइसकेको छ । १५ लाखभन्दा बढी जनश्रमदान गरेको गाउले बताउछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग