Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडक निर्माण उपभोक्ता समितिमा दलका नेता

Published on 5:51:00 PM //

Gulmi Darshan
गुल्मी - सडक निर्माणका उपभोक्ता समितिहरूमा दलका नेता/कार्यकर्ताले पद ओगटेका छन् । बढी रकम निकासा हुने जिल्ल्ााका अधिकांश सडकहरूको निर्माण र मर्मतमा एमाले, माओवादी र कांग्रेसका नेता/कार्यकर्ता अगुवा बनेका हुन् ।

रिडी-रुद्रवेणी-बामीटक्सार सडकमा माओवादीका सचिवालय सदस्य युवराज खत्री उपभोक्ता समिति अध्यक्ष बनेका छन् । त्यस्तै तम्घास-सिमलटारी सडकमा एमालेका उपसचिव टोमलाल पाण्डे अध्यक्ष छन् । जिविसका अनुसार खत्री अध्यक्ष भएको सडकमा गत वर्ष३८ लाख ५० हजार र तम्घास-सिमलटारी सडकमा १४ लाखभन्दा बढी रकम निकासा भएको थियो । पाण्डे वर्षौंदेखि बाटोको अध्यक्ष रह“दै आएका थिए । खत्री एमालेकै सोमनाथ सापकोटालाई हर्टाई आएका हुन् ।दलहरूले सडक भागबन्डा लगाएर उपभोक्ता समिति गठन गर्ने गरेका छन् । तिनमा एमालेका जिल्ला कमिटीदेखि गाउ“स्तरका कार्यकर्तासम्म छन् । सामान्यतः २ लाखभन्दा माथिका सडकमा जिल्लास्तरका नेताहरूले जिम्मा लिने गरेका छन् । त्योभन्दा कम रकम हुनेमा गाउ“ कार्यकर्ताले काम गर्ने गरेका छन् ।
यस वर्ष८ लाख रकम विनियोजन भएको सेउवा-सिमाघाट-पुर्कोटदह- बा“झकटेरसडकमा एमाले जिल्ला सदस्य टंक पोखरेल, ८ लाख नै छुट्टयाइएको तम्घास-गर्जुरा स्मृतिमार्गमा कांग्रेसका महासमिति सदस्य भुवन श्रेष्ठ, १० लाख रकम विनियोजन भएको सिलादी-घमिर- अर्खाबाङ-गंगरे सडकमा माओवादी सदस्य र्सर्ूयबहादुर बुढालगायतले काम गरिरहेका छन् । शान्तिपुर-ग्वाघा सडक खन्नेक्रममा उपभोक्ता समितिबाटै ठेक्का लिएका माओवादी जिल्ला सदस्य कृष्णबहादुर थापा बम विस्फोटमा घाइतेसमेत भएका थिए । एमाले, कांग्रेसको जिम्मामा पर्ने बाटाहरूमा नेताकै अगुवाइमा काम हुने गरेको छ भने माओवादीले जिम्मा लिएका सडकहरूमा आपmनै कार्यकर्तालाई ठेक्का दिने गरेका छन् ।

जिल्लामा अहिले निर्माण भइरहेका र मर्मत गर्नुपर्नेसमेत गरी १ सय ४३ सडकका लागि रकम निकासा भएको छ । तीमध्ये धेरै रकम भएका २९ सडकका उपभोक्ता समितिमा माओवादी, ३९ भन्दा बढीमा एमाले र झन्डै १७/१८ वटामा कांग्रेसका नेता कार्यकर्ताहरू उपभोक्ता समितिमा छन् । ती सडकमा अध्यक्ष, सचिव र कोषाध्यक्ष माओवादी, एमाले र कांग्रेसले मिलेर लिने गरेका छन् । ठूलो रकम भएका सडकहरूमा जनमोर्चा, एकीकृत, मालेका नेता कार्यकर्ताहरू पनि छन् । कांग्रेसका फणीन्द्र भण्डारीले सहमतिमै सडकहरूमा उपभोक्ता समिति गठन गर्ने निर्ण्र्ााभएको बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग