Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

म्याद सकिएका औषधि अस्पतालमै

Published on 2:55:00 PM //

घनश्याम गौतम
गुल्मी, कार्तिक ६ - गुल्मी जिल्ला अस्पतालमा चार महिनादेखि म्याद सकिएका औषधि र सिरिन्ज प्रयोग हु“दै आएको छ ।
स्रंोतका अनुसार बिक्री कक्षका सञ्चालकको मिलेमतोमा अस्पतालका स्वास्थ्यकर्मीले त्यस्ता औषधिको प्रयोग गर्दै आएका हुन् ।

विद्यालय निरीक्षक मित्र गौतमले आइतबार एक बिरामी अस्पतालमा भर्ना गरेपछि स्वास्थ्यकर्मीले म्याद सकिएका औषधिको प्रयोग गरिरहेको खुलेको हो । धुर्कोट वस्तु गाविसकी एक वषर्ीया बालिका सम्झना पाण्डेलाई उपचारका लागि भर्ना गरेका गौतमले म्याद सकिएको औषधि प्रयोग भएको देखेपछि रहस्य खुलेको हो ।

ज्वरो र शरीरमा घाउ खटिरा आएकाले भर्ना गरिएकी बालिकालाई स्वास्थ्यकर्मीले सोमबार एरिस्टो फर्मास्युटिकल्सको मेगापेन इन्जेक्सन प्रयोग गरेका थिए । इन्जेक्सनमा २००८ जुन महिनामा म्याद सकिने स्टिकर लगाइएको छ । 'दर्ुर्ुइ पटक प्रयोग भएपछि मात्र म्याद सकिएको थाहा भयो' बिरामी कुरुवा पवित्रा ढुङ्गानाले भनिन् ।

तीन जनाको दरबन्दी भए पनि अस्पतालमा एक जना चिकित्सक समेत छैनन् । व्यवस्थापन समितिले धुर्कोट स्वास्थ्य केन्द्रका चिकित्सकलाई काजमा लिएर काम चलाइरहेको छ । चिकित्सक अननङ्ग पंगेनीले गल्ती भएको स्वीकार गर्दै औषधि बिक्री कक्षबाटै औषधि बिक्री गरेकाले भ'mुक्किएको बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग