Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सैनिक हवल्दारद्वारा र्सवसाधारणमाथि चक्कू ‍‍‍‍प्रहार

Published on 3:45:00 PM //

भैरव प्रसाद गण गुल्मीमा कार्यरत भई २२ नम्बर वाहिनी बुटवलमा नयाँ भर्ना छनौटका लागि खटिएका हवल्दार दीपक गरू·ले मंगलवार राती बुटवल नगरपालिका वडा नं. १३ कालिकानगरमा सोम गुरूङ्गलाई चक्कु प्रहार गरेका हुन् । मदिरा सेवन गरेका सेनाका हवल्दार गुरूङ्गले मुस्ताङ लोमाङथान घर भई कालिकानगरमा डेरा गरी बस्ने २८ वषिर्य गुरूङ्गलाई चक्कु प्रहार गरी मरणासन्न हुने गरी कुटपिट गरेपछि प्रहरीले उद्धार गरी मेडिकल कलेज भैरहवामा उपचार्रार्थ पठाएको हो । चक्कु प्रहारबाट घाइते गुरूङको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
चक्कु प्रहार गर्ने हवल्दार गुरूङले बाहिनीको काम सिद्धाएर एक बोतल वियर पिएर भाइलाई भेट्न क्याम्ब्रीज बोर्डि· स्कूल योगिकुटी जाँदै गर्दा कालिकानगरमा ४-५ जनाले आफुमाथि आक्रमण गरेपछि प्रतिरक्षाका लागि चक्कु प्रहार गरेको बताएका छन् । चक्कु प्रहार गरेपछि स्थानीय बासिन्दाले हवल्दार गुरूङलाई कुटपिट गर्दा-गदै प्रहरीले आफ्नो नियन्त्रणमा लिई ज्यान बचाउन सफल भएको स्रोतले बताएको छ । हवल्दार गुरूङ पनि घाइते भएको र थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको लुम्बिनी अंचल अस्पतालले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग