Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"कविता"

Published on 9:36:00 PM //

गीता थापा (दोषि)
ईजरायल

स्रोह श्रृङ्गारमा सजिएर खुशी बाड्न सक्छे नारी
परी आएँ देशको लडाईं लड्न पनी सक्छे नारी
मैदानमा उत्रिएर छाती थाप्न सक्छे नारी

घुम्टो भित्र अल्झिएका कु-संस्कारलाई फ्याकी
हिमत र आँट जगाउँछे हौँसेलालाई अगी डाँकी

हात सँग हात मिलाई साथ दिन सक्छे
काँध माथि काँध जुधाई भर दिन सक्छे
सारा तीम्रा दु:ख जती बोकी हाँस्न सक्छे

आमा छोरी बुहारी दिदी बहिनी भएर नि
सबै भन्दा अगी हुन्छे चुलोचौको भ्याएर नि

भेदभाव तीम्रा मनका आक्रोसका ज्वाला
कमजोर देख्ने तीम्रो बानी निकालेर फाल

पदवी र मान जती उही नारीका साहस हुन
जस्ले देशलाई युद्धा दिएँ उसैका सन्तान हुन

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग