Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तुराङ टेलिफोन डाइरेक्ट्री २०६६ प्रकाशित हुने

Published on 10:45:00 PM //


नयाँ बर्ष २०६६को पावन अवसर पारेर गुल्मीको तुराङ गाविसबासीहरुको टेलेफोन नम्बर सङ्कलन गरी तुराङ टेलिफोन डाइरेक्ट्री २०६६ प्रकाशित हुने भएको छ । तुराङ् भित्र र तुराङबाट अध्ययन, ब्यापार, सेवा तथा रोजगारको सिल्सिलामा देशभित्र तथा देश बहिर बिभिन्न स्थानमा रहनुभएका तुराङेहरुको फोन नम्बर सन्कलन कार्य सुरु भइसकेको जानकारी दिग्विजय अर्यालले दिनुभयो । उहाले तुराङ टेलिफोन डाइरेक्ट्री २०६६ को प्रकाशन पछी सम्पूर्ण तुराङेहरुबिच सुचनाको नयाँ सन्जाल बन्नेमा आफु विश्वस्त भएको समेत बताउनुभयो । अर्यालले उक्त टेलिफोन डाइरेक्ट्रीमा आफ्नो संपर्क नम्बर प्रकाशित गर्न सबै तुराङेहरुलाई आह्वान गर्नुभयो । आफ्नो बिबरण प्रकाशित गर्न चाहने तुराङ गाविसका ९ वटै वडाका सबैलाई आफ्नो नाम, तुराङ्को ठेगाना, हालको ठेगाना र संपर्क नम्बर aryal_digvijaya@yahoo.com or gulmidarshan@gmail.com मा पठाउन पनि अर्यालले अनुरोध गर्नुभएको छ ।

Tags:

1 comment

  1. Ohh Sanju ji That is great news sarai nai dukha bhayeko chha directory nahunale once again thanx alots for Digvijaya and you..?

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग