Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा एम्बुलेन्स सुरु

Published on 10:10:00 PM //

गुल्मी/रास- नेपाल रेडक्रस सोसाइटी शान्तिपुर उपशाखा गुल्मीले एमबुलेन्स सेवा सञ्चालन गरेको छ ।
भारतीय राजदूतावासको सहयोगमा लु१च ३०४३ नम्बरको एमबुलेन्स शान्तिपुर उपशाखा र त्यस क्षेत्रका भूतपर्ूव सैनिकहरूको पहलमा सञ्चालनमा आएको हो । एम्बुलेन्सको मूल्य २२ लाखबराबरको रहेको जानकारी उपशाखाका सभापति केशवप्रसाद न्यौपानेले दिए ।
एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि गुल्मीका एक दर्जन र बाग्लुङको सल्यान, सुखौरा, बाटाका चौर र हुग्दीशिरलगायतका आधादर्जन गाविसका जनता प्रत्यक्ष लाभान्वित हुने भएका छन् । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि महँगो भाडा तिरी उपचारका लागि पाल्पा, बुटवल र भैरहवा गाडी रिजर्भ गरी जानुपर्ने बाध्यताबाट छुटकारा मिलेको स्थानीयवासी बताउँछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग