Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सम्बन्धविच्छेद मेला

Published on 4:28:00 PM //

फ्रान्सको राजधानी पेरिसमा आइतबारदेखि सम्बन्धविच्छेद मेला सुरु भएको छ । पहिलोपटक भएको यस्तो मेलामा लाखौं मानिसको भीड लाग्ने अनुमान गरिएको छ । आइतबार मात्र सम्बन्धविच्छेद मेलामा हजारौं मानिस सहभागी भएका थिए ।
फ्रान्समा ५० प्रतिशत बिहे सम्बन्धविच्छेदमा टुंगिन्छन् । राष्ट्रिय जनसख्या अध्ययन संस्थानका अनुसार सन् २००७ मा सम्बन्धविच्छेदका लागि एक लाख ३० हजार निवेदन परेका थिए । १९७७ मा सम्बन्धविच्छेदका लागि केवल ५० हजार निवेदन मात्रै परेका थिए ।


'न्यु स्ट्राट' नयाँ सुरुवात नाम दिइएको यस मेलामा ६० स्टल राखिएका छन् । यी स्टलले सम्बन्धविच्छेदसँग जोडिएका विभिन्न विषयमा सल्लाह दिनेछन् । सम्बन्धविच्छेद गरेपछि कसरी आफ्नो खुट्टामा उभिने, आफ्नो सम्मान कायम गर्नेबारेमा पनि सल्लाह दिइन्छ ।
दुई दिनसम्म हुने सम्बन्धविच्छेद मेलामा 'आफ्नो छवि पुनः प्राप्त गर्न प्लास्टिक सर्जरीको भूमिका', 'गेस्टाल्ट पद्धति प्रयोग गरेर कसरी पार्टनरलाई आकषिर्त गर्ने' साथै 'कसरी प्रेमीप्रेमिकालाई वेबसाइटमा भेट्ने' र 'सम्बन्धविच्छेद ः वकिलले के गर्छन्' विषयमा अन्तरक्रियात्मक कार्यक्रम पनि भएको थियो ।
फ्रेन्च राष्ट्रपति निकोलस सार्काेजीले राष्ट्रपतिको पदभार सम्हालेको केही महिनामै दोस्री श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि सम्बन्धविच्छेद मेला आयोजना गर्ने सोचेको मेला आयोजक बि्रगेटी गोमेतले बताइन् ।
'राष्ट्रपतिको सम्बन्धविच्छेद भएको समाचार सार्वजनिक भएपछि सम्बन्धविच्छेदप्रतिको नकारात्मक धारणा बदलिएको छ जस्तो लाग्यो । सम्बन्धविच्छेद साधारण भएजस्तो लाग्यो,' बि्रगेटीले भनिन्, 'थुप्रै मानिसले सम्बन्धविच्छेद गरेका छन् । सम्बन्धविच्छेद गर्ने क्रम बढ्दो छ । सम्बन्धविच्छेदपछि वा श्रीमान् वा श्रीमतीको मृत्युपछि एकल भएका मानिसहरू कसरी पुनः साथी खोज्ने, जीवनलाई कसरी पुनर्निर्माण गर्नेबारेमा जानकारी खोजिरहेका हुन्छन् ।'

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग