Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नराम्रो भएकै कारण बैक्स बनिन् हत्यारा तर कसरी ?

मंसिर १४ । सबै मानिसहरुले आफ्नो सुन्दरताको वर्णन गरेको सुन्न पक्कै पनि मन पराउने गर्छन् । तर कोही मानिसको बाहिरी बनावट आकर्षक छैन भने के नै गर्न सकिन्छ र ? क्रेजी न्युजको खबर अनुसार अमेरिकामा भर्जीनियाको एक महिलाले आफुलाई नराम्रो भनेका कारण एक व्यक्तिको हत्या गरेकी छिन् ।
बारबरा बैक्स नाम गरेको यस महिला माथि हत्याको आरोप रहेको छ । बैक्स आफ्नो साथीको घरबाट बाहिर निस्केको समयमा एक व्यक्तिले उसलाई धकालेर नराम्रो भनी पटक पटक जिस्काएको पनि बताईएको छ । बैक्सलाई लगातार नराम्रो भनी जिस्काउँदा उसले सहनै नसकी साथीको घरबाट चक्कु लिएर आएकी थिइन ।
 चक्कु लिएर उनले ती व्यक्तिको हत्या गरेकी हुन् । बैक्सले प्रहरी सामु आफ्नो अपराध पनि स्वीकार गरेकी छिन् । - एजेन्सी

धेरै रोएपछि आफ्नै बच्चा ४३० डलरमा बिक्रीमा


ब्राजिलका एक दम्पत्तिले आफ्नो बच्चा धेरै रोएर हैरान पारेपछि एक वेभसाइट मार्फत विज्ञापन गर्दै आफ्नो बच्चा विक्रीका लागि राखेका छन् । बेवसाइट ओएलएक्समा प्रकाशित यस विज्ञापनमा बच्चा धेरै रोएको र सुत्न नदिएका कारण जम्मा ४३० डलरमा विक्रीका लागि राखिएको भन्ने कुरा उल्लेख गरिएको छ ।
न्यूयोर्क डेलीन्यूजको खबर अनुसार ओएलएक्सको विज्ञापनमा निलोरंगको कपडा लगाइएको बच्चाको तस्वीर छ र तल क्याप्शनमा बच्चा धेरै रुने र सुत्न नदिएको भन्ने कुरा उल्लेख छ । यस बारे केन्द्रीय प्रहरीले जाँच पनि शुरु गरिसकेको छ । बालसंरक्षण अधिकारीहरूले वेवसाइटमा विज्ञापन राख्ने व्यक्तिको खोजी भइरहेको जानकारी पनि दिइएको छ । तर, विज्ञापनमा दिइएको ठाउँ र फोन नम्बर भने गलत छ । पछि नियम कानुनको उल्लघंन भएको भन्दै विज्ञापन हटाउन लगाइएको छ ।
थप जानकारी: http://www.nydailynews.com/news/world/baby-brazil-sale-430-won-parent-sleep-article-1.1518107

पत्याउनुस्-नपत्याउनुस्: एउटै किताब १ करोड ४२ लाख डलरमा बिक्यो

अमेरिकामा छापिएको पहिलो पुस्तक १ करोड ४२ लाख ६५ हजार डलर कीर्तिमान मूल्यमा लिलाम भएको छ । सन् १६४० मा प्रकाशित ६ बाइ ५ इन्चको उक्त धार्मिक पुस्तक एक अमेरिकी व्यापारी तथा परोपकारी डेविड रुबेस्टियनले खरिद गरेका हुन् । उनले फोनबाटै उक्त पुस्तकको लिलामीमा बोली लगाएका थिए ।
‘बे साम बुक’ ( Bay of Psalm Book ) नामक उक्त पुस्तक दुर्लभ हुनुको साथै एउटा देशको भविष्यको प्रतीक बन्ने भएकाले पनि अत्यन्तै महत्त्वपूर्ण मानिएको छ । सोथेवी लिलामघरमा यो पुस्तक १ करोड ५० लाखदेखि ३ करोड डलरबीचको मूल्यमा बिक्री हुने अनुमान लगाइएको थियो । उक्त पुस्तक बोस्टन ओल्ड साउथ चर्चको संग्रहमा राखिएको थियो । उक्त चर्चसँग यो किताबको दुईप्रति थियो । कीर्तिमान मूल्यमा लिलाम भएपछि चर्चका वरिष्ठ पदाधिकारी नेन्सी टेलरले उक्त धनराशि उनीहरूका लागि अत्यन्तै धेरै भएको बताएकी छन् । ‘हामीले चलाउँदै आइरहेको परोपकारका कामका लागि यो ज्यादै महत्त्वपूर्ण हुनेछ।’

सन् १६३० मा इग्ल्यान्डबाट अमेरिकाको म्यासाच्युसेट्समा विशाल संख्यामा विस्थापन भएको केही वर्षपछि विस्थापित भएकाहरूले आफ्ना लागि भजनको एक पुस्तक लेख्न र त्यसलाई प्रकाशित गर्ने निर्णय गरेका थिए । उनीहरूसँग पहिल्यैदेखि भजनका पुस्तकहरू थिए। तर ती सबै हिब्रु भाषामा थिए र तिनीहरू त्यसलाई अंग्रेजीमा अनुवाद गर्न चाहेका थिए।

लन्डनबाट अनुमति लिनुपर्ने कानुनबाट बच्दै सन् १६३८ मा २ सय ४० रिम कागजसँगै एक प्रिन्टिङ प्रेस पनि ल्याए। यो परियोजनाका लागि रेवरड जोस ग्लोबरले चन्दा संकलनको जिम्मेवारी लिएका थिए। तर उनको यात्राका क्रममा मृत्यु भयो। उनकी विधवा क्याम्ब्रिजमै बसिन्। म्यासाच्युसेट्समा उनले प्रेसको स्थापन गरिन्। उक्त प्रेस स्टिफन डेले चलाएका थिए। उनले सन् १६४० मा हिब्रुबाट अंग्रेजीमा अनुवाद गरिएको उक्त भजनहरू संकलन गरिएको ३ सय ४० पेजको किताब १ हजार ७ सयप्रति प्रकाशित गरेका थिए। त्यही पुस्तकको नाम द बे साम बुक राखिएको थियो।

यसका प्रकाशित प्रतिहरू उपनिवेश कालमा चर्चहरूमा प्रयोगका लागि राखिने गरिएको थियो। त्यसको अर्को शताब्दिसम्ममा यो पुस्तकको ५० भन्दा बढी पटक पुनः प्रकाशन भइसकेको थियो। पहिलो संस्करणका धेरै जसो पुस्तकहरू भने दशक नबित्दै च्यातिएर नष्ट भएका थिए।

द बे साम बुकको एक प्रति फिलाडेल्फिया रोजोनबाक पुस्तकालयमा राखिएको छ। यस पुस्तकालयका निर्देशक डेरिक डेरहरले भने– ‘यो त्यस्तो पुस्तक होइन जसलाई काल्पनिक, अश्लील वा कुनै अन्य कुराले मूल्यवान् बनाएर प्रकाशित गरेको हो। यसको एउटै मात्र मूल्य थियो यसको पाठ्यसामग्री।’

अहिले यसको ११ प्रति मात्रै बचेको भन्ने विश्वास गरिन्छ। बोस्टनको ऐतिहासिक ओल्ड साउथ चर्चमा राखिएको दुई प्रतिबाट एक सोथेबीले लिलाममा राखेको हो। उक्त चर्चले आफूसँग बाँकी रहेको अन्तिम प्रति बिक्री गर्ने कुनै मनसाय नभएको जनाएको छ। यो किताबको बाँकी नौ प्रति प्रमुख संग्रहकर्ता तथा पुस्तकालयहरूमा सुरक्षित रहेका छन्। यसअघि सबैभन्दा महँगो पुस्तकको कीर्तिमान जोन जेम्सको आडुबोस बर्डस अफ अमेरिकाका नाममा रहेको थियो। यो पुस्तक डिसेम्बर २०१० मा ११ लाख ५० हजार डलरमा बिक्री भएको थियो।

द बे साम बुक को एक प्रति १९४७ मा कीर्तिमान मूल्य १ लाख ५१ हजार अमेरिकी डलरमा लिलाम भएको थियो। त्यस बेला पनि यो पुस्तकले गुटेनबर्गको बाइबिल ओल्ड टेस्टामेन्ट, सेक्सपियरको फस्र्ट फोलियो र ब्राइड अफ अमेरिकालाई पछाडि पार्दै कीर्तिमान बनाएको थियो।

खराब अवस्थाका कारण आलोचना भइरहेको भए पनि द बे साम बुकले यो उचाइ हासिल गरेको हो। प्रकाशक तथा लेखक इसाह थमसले दुई सय वर्षअगाडि यसमा छापिएका थुप्रै गल्तीहरूको उल्लेख गरेका थिए। उनले यो पुस्तकले राम्रो लेखनको प्रदर्शन नगरेको उल्लेख गरेका थिए।

अध्ययन गर्नेहरूले यो पुस्तक हिब्रु भाषाबाट भएको अंग्रेजीमा अनुवादमा अन्तरआत्माको आवाजलाई धेरै सुनेको बताउँछन् । -एजेन्सी
थप जानकारी:
http://news.in.msn.com/gallery/most-expensive-books-ever-sold-in-pictures

पत्याउनुस्-नपत्याउनुस् - झन्डै ९ करोडको चुरोट

एकजना अर्बपति धनाढ्यले आफ्नी प्रेमिकाको जन्मदिनमा नौ करोड रुपैयाँ पर्ने चुरोट उपहार दिए। एक खिल्लीकै झन्डै नौ करोड रुपैया मूल्य पर्ने त्यो चुरोट लन्डनमा बस्ने रुसका एक धनाढ्यले आफ्नी प्रेमिकालाई जन्मदिनको उपहारका रूपमा दिएका थिए । डेली मेलमा छापिएको खबरअनुसार लन्डनको सिसा स्टिक्स नामको कम्पनीले दुई सय ४६ वटा दुई क्यारेटका हीराका टुक्रा, अन्य बहुमूल्य पत्थर, ६ क्यारेटको ओभल डायमन्ड तथा २४ क्यारेट सुनको बटन तथा बहुमूल्य सिसाको पाइप समेत जडान भएको विद्युतीय चुरोट चार महिना लगाएर तयार गरेको थियो ।
थप जानकारी:
http://www.dailymail.co.uk/news/article-2470632/Diamond-covered-e-cigarette-created-Russian-oligarchs-girlfriend.html

जलजलामा जन्मियो टाउको नभएको २ मुख ३ नाक भएको बच्चा !

शान्ति छन्त्याल
बागलुङ, कार्तिक २२ । बागलुङको जलजलामा अनौंठो बच्चा जन्मिएको छ । जलजला गाविस वडा नं १ निबासी २० बर्षिया डिलसरा विकले आज बिहान ग्वालीचौर उपस्वास्थ्यचौकीमा दुईवटा मुख भएको, तीनवटा नाक भएको, दुई आँखामध्ये एक आँखा पछाडिपट्टि भएको, एउटा कान र टाउको नभएको शिशु जन्माएकी हुन् ।
शिशुको जन्मेको १० मिनेटमै मृत्यु भएको स्वास्थ्य चौकीले जनाएको छ । आमाको स्वास्थ्य अबस्था भने सामान्य रहेको जनाईएको छ


अचम्म ! मोटाउन तँछाड मछाड.......

कार्तिक २२ । अहिलेको आधुनिक समाजमा प्राय मानिसहरुले माटो भन्दा पनि पातलो मानिसहरुलाई नै मन पराउने गर्छन् । तर एउटा यस्तो ठाउँ पनि छ, जहाँ मोटो मानिसलाई हिरो मानिन्छ । यहाँको मानिस मोटो हुनको लागि निकै मेहनत पनि गर्ने गर्छन ।
 इथोपियाको बोडी आदिवासीमा एक प्रतियोगिताको आयोजना गरिने गर्छ, जुन प्रतियोगिताको ६ महिना भित्र मोटो हुनुपर्ने नियम छ । प्रतियोगितामा जो ब्याक्ती ६ महिना भित्र मोटो हुन सक्छ, त्यही व्यक्तिलाई विजेता घोषित गरिन्छ ।
विजेतालाई अरु केही उपहार नभई जिन्दगी भर हिरोको उपाधि दिइने गर्छ । यस प्रतियोगितामा हर घरको एक अविवाहित युवक सहभागि हुन सक्छन् । यस प्रतियोगितामा सहभागि हुँदा कहीँ कतै जान नपाउने र शारीरिक सम्बन्ध पनि राख्न नपाउने नियम छ ।
 यस प्रतियोगितामा मानिसहरु यति मोटो पनि हुन्छन् कि हिँडडुल गर्न पनि निकै गाह्रो हुन्छ । यस प्रतियोगितामा विजेता भएपनि ती युवकहरु पुनः आफ्नो तौल घटाउने गर्छन् र आफ्नो सामान्य जिन्दगी जीउन सुरु गर्छन् । -एजेन्सी

"बन्दुक लिएर पसल नआउनु"

बासिङटन डिसी- अमेरिकी कफी चेन स्टारबक्सले आफ्ना ग्राहकलाई पसलमा आउँदा बन्दूकबिना आउन आग्रह गरेको छ। अमेरिकामा बन्दुक कानुन विषयमा बहस चलिरहेको बेला कफी चेनले यस्तो आग्राह गरेको हो।

अमेरिकामा हतियारधारीले सपिङ मल तथा सार्वजनिक स्थानहरुमा गोली चलाउने समस्या बढ्दै गएको सन्दर्भमा स्टारबक्सले ग्राहकलाई यस्तो अग्रह गरेको हो। तर उसले बन्दुक ल्याउन भने प्रतिबन्ध लगाएको छैन। स्टारबक्सका प्रबन्धकले बक्दूक सहित आउने ग्राहकको पनि कम्पनीले स्वागत गर्ने बताएका छन्।

स्टारबक्सले आफ्ना ग्राहकलाई सुरक्षा तथा सहजता दिन यसो गरेको बताएको छ। तर बन्दुक बोक्न पाउनुपर्ने भन्दै आएकाहरुले भने स्टारबक्सको यस निर्णयको विरोध गरेका छन्।

पछिल्ला घटनाहरुले अमेरिकामा फेरि एक पटक बन्दुक कानुन बारे बहस चर्किएको छ ।

स्काईप भिडियोबाट छोराको न्वारान

गीता मणी पाण्डे
युएई, जुलाई १ । हालैका दिनहरुमा मानिसको हरेक क्रियाकलापको लागि इन्टरनेटको व्यापक प्रयोग भएको कुराहरु त सर्वविदितै छ । आफन्तहरुलाई समाचार पठाउन, भौगोलिक रुपमा टाढा-टाढा भएका आफन्तहरुसँग कुराकानी गर्न, अनि आफूले चाहेको कुराको क्षणभरमै जानकारी लिन । यी त भए साधारण इन्टरनेट इमेल प्रयोग गरी गरिने कुराहरु । तर दुवईको युएईमा एक जना नेपालीले इन्टरनेटको प्रयोग गरी स्काईप भिडियोबाट छोराको न्वारान गराएका छन् ।
नेपालमा भएका पण्डित हुत्तराजले स्काईप भिडियोबाट पूजा गराउँदै युएईमा बस्दै आएका दिलिप ज्ञवाली र शारदा पराजुलीको छोराको न्वारान गरी नाम राखिदिएका छन् ।
गुल्मी जिल्ला ग्वादी स्थायी घर भएका दिलिप ज्ञवाली र शारदा पराजुली रोजगारीको शिलशिलामा युएईको दुवईमा बस्दै आएका थिए । उनीहरुको कोखबाट जन्मेका छोराको हिन्दु धर्म अनुसार ११ दिनमा न्वारान गरी नाम राख्नको लागि इन्टरनेटको स्काईप भिडियोलाई प्रयोग गरेका हुन् । बच्चाको नाम दिव्यस ज्ञवाली राखिएको छ ।
ईन्टरनेटको विकासले गर्दा संसारको जुनसुकै ठाउँमा बसेर पनि शुभ कार्यहरु गर्न सकिने कुरा दिलिप ज्ञवालीले बताए । उक्त कार्य देखेर उपस्थित सबै दंग परेका थिए भने आगामी दिनमा विदेशमा रहेका नेपालीहरुलाई आफ्नो परम्परा अनुसार कार्य गर्न सजिलो भएको कुरा उपस्थितहरुले बताए ।

भवन भत्किएको १७ दिनपछि महिला जिवितै उद्दार (भिडियो सहित)

ढाका, वैशाख २७ - बंगलादेशमा भवन भत्किएको १७ दिनपछि एक महिलाको जिवितै उद्दार गरिएको छ । रेश्मा नामकी ती महिलालाई दोस्रो तलाबाट उद्दार गरिएको बताइएको छ । उनलाई गम्भीर चोट नलागेको अधिकारीहरुले बताएका छन् ।

उद्दार कार्यमा जुटेकाहरुले ८ तले उक्त भवन भत्कदा मृत्यु हुनेको संख्या एक हजार नाघेको बताएका छन् । ५ वटा गार्मेन्ट उद्योग रहेको उक्त भवन राजधानीनजिकै साभारमा थियो ।

आज बिहान दोस्रो तलामा सिमेन्टको थुप्रे हटाउँदै गरेको सैनिकहरुले मलाई बचाउनुस् भन्दै महिला कराएको आवाज सुनेपछि सयौं सैनिकहरु जुटेर तुरुन्तै स्थान खाली गराएका थिए । उद्दारकर्ताले ती महिलालाई तुरुन्तै पानी र विस्कुट दिएका थिए । त्यसपछि फलामको रड काटेर उनलाई त्यहाँबाट निकालिएको थियो ।

उनलाई तत्कालै घटनास्थलभन्दा अलि परको आर्मी अस्पतालमा लगिएको थियो । उनी हिडडुल पनि गर्नसक्ने अधिकारीहरुले बताएका छन् । उनले आफू २ दिनदेखि भाकै रहेको बताएकी छन् । आफूले बस्नको लागि सुरक्षित ठाउँ पाएको उनलाई उद्दृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । उनले दुई दिन अघिसम्म आफूले बिस्कुट र ड्राइ फुड खान पाएको बताएकी छन् ।

भवन भत्किएपछि भग्नावशेषमा प्रशस्त पानी र अक्सिन प्रवाह गरिएका कारण ती महिला जिवितै रहन सफल भएको उद्दारमा संलग्नहरुले बताएका छन् ।

गत नोभेम्बर महिनामा पनि गार्मेन्ट कारखानामा आगलागी हुँदा ११२ व्यक्तिको मृत्युभएको थियो । यतिखेरको यो गार्मेन्ट कारखानाको घटनाले सोही सम्झाएको छ ।

बङ्गलादेशको टेक्सटाइल उद्योग २० अर्ब अमेरिकी डलर बराबर रहेको बताइन्छ भने यस उद्योगमा रहेको कमजोर सुरक्षा व्यवस्थाका बारेमा समय समयमा चिन्ता व्यक्त गर्ने गरिन्छ ।

भत्किनु एक दिन अगाडि नै उक्त भवनमा चर्किएको अवस्थामा देखिएको त्यहाँ कार्यरत कर्मचारीले बताएको जनाइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

टुप्पीले झुण्डिएर नदी तर्न खोज्दा मृत्यु (भिडियोसहित)


१६ वैशाख, काठमाडौं । टुप्पीको मद्दतले झुण्डिएर नदी पार गर्ने क्रमममा गिनीज वर्ल्ड रेकर्डधारी स्टन्टम्यान शैलेन्द्रनाथ रायको मृत्यु भएको छ ।

उनी सिलिगुडी नजिकैको सीवोक कोरोनेशन बि्रजको टिस्टा नदी पार गर्ने प्रयासमा थिए । ४ सय फिट लामो केबल ७५ फिट उचाई थियो र राय घिर्नीमा आफ्नो टुप्पी बाँधेर नदी पार गर्ने प्रयासमा थिए ।

उनको स्टन्ट आफ्नो क्यामरामा कैद गर्न आएका स्थानीय फोटो ग्राफर बलाई सुत्रधारका अनुसार करिव ३ सय फिट दुरी पारे गरेपछि राय अडि्कए । उनले निस्कने निकै कोशिश पनि गरे । झण्डै ३० मिनेटसम्म अडि्एपछि उनको शरीर चल्न छाडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

त्यसपछि उद्दार गरेर अस्पताल पुर्‍याइएपनि चिकित्सकहरुले मृतृ घोषणा गरेका थिए । स्टन्टका लागि राय स्वयंमले नदीमा डोरी टाँगेका थिए । सुरक्षाका लागि उनले लाइफ ज्याकेट लगाएका थिए, तर डाक्टर र आपतकालीन सेवाको कुनै व्यवस्था गरिएको थिएन ।

उनले यसअघि राजस्थानको अलवर जिल्लाको नीमराणामा आफ्नो कपाललाई तारमा बाँधेर २ सय ७० फिटको दुरी पारे गरेका थिए भने दार्जलिङमा ट्रेनलाई २.५ किलोमिटरसम्म तानेका थिए । -एजेन्सिको सहयोगमा अन्लाईन खबरबाट

भिडियो हेरौँ: 

बाघसँग प्रेम


रोयटर्स
जकार्ता, चैत्र ११ - प्रेमी जोडीले अधिकारकै रूपमा एकअर्कालाई गाढा र लामो चुम्बन गर्नु सामान्य मानिन्छ । भावुक भएर साधारण चुम्बन गर्नु त ठूलो एवं नौलो कुरा नै रहेन । तर, कतिपय ठाउँमा चुम्बन गर्नलाई भावनाको नभएर आँटको आवश्यकता पर्लाजस्तो लाग्न सक्छ । यो खबरभित्रको तस्बिर हेरेपछि त त्यस्तै लाग्छ । त्यसो चाहिँ पटक्कै होइन है ।  संसारको सबभन्दा खतरनाक जनावर बाघलाई प्रेमपूर्ण चुम्बन गर्दा यी मालिक्नीले हिम्मतको नभई भावनाकै सहारा लिन्छिन् । इन्डोनेसियाको पूर्वी जाभाको मलाङस्थित अल खाफाह इस्लामिक स्कुलको बरन्डामा डरलाग्दा बंगाली बाघको पालनपोषण भइरहेको छ । चार वर्षअघि संरक्षिका सोलेहले तीन महिनाको यो बाघलाई पुरस्कारको रूपमा पाएकी थिइन् ।

आत्मीय व्यवहारले मन जितेर उनले बाघ मुलान जामिलालाई आफ्नो बनाएकी छन् । फेरि एकपटक उनले पनि प्रमाणित गरेकी छन् कि प्रेम नै मानवको सबभन्दा ठूलो शक्ति हो । उनीहरूबीचको घनिष्टता, तालमेल र मायाप्रीति देखेर आफूलाई 'मै हुँ' भन्ने प्रेमी जोडीलाई पनि डाहा लाग्न सक्छ । उनले त्यतिबेलादेखि बाघको हेरचाह गरिरहेकी छन् । मालिक्नीको माया पाएर बाघ पनि मख्ख छ । बाघ मुलानले मालकिन सोलेहलाई एक इमानदार प्रेमीझैं मदहोस भएर चुम्बन गर्छन् । उनीहरू प्रायः विद्यालयको घाँसेमैदानमा खेलिरहेका भेटिन्छन् । यो बाघलाई विद्यालयमा विधिवत् घरपालुवा जनावरको रूपमा राख्नलाई सरकारले पनि अनुमति दिएको छ । सालेह पनि बाघको प्रेममा दिवानी छिन् । उनी बाघलाई खुसी राख्न हरसम्भव कोसिस गर्छिन् र दैनिक पाँच किलो ताजा मासु खुवाउँछिन् । उनी एक इमानदार प्रेमिकाझैं बाघलाई आलिंग्न र चुम्बन गर्नुका साथै पिठ्युँमा बसाएर यात्रा पनि गराउँछिन् । प्राकृतिक बासस्थानमा बंगालका बाघहरू शक्तिशाली रात्रिकालीन सिकारी मानिन्छन् । उनीहरू भैंसी, जंगली सुंगुर, मृग र अरू ठूला जनावरको सिकार गर्न थुप्रै माइलसम्म यात्रा गर्छन् ।

तीनवटा पुच्छर भएको अनौठो बाच्छी


चमैता-३ की कृषक मुनादेवी बस्नेतले पालेको गाईले एकसाता अघि अनौठो खालको बाच्छी जन्माएपछि हेर्नेको भीड लागेको छ ।
बस्नेतले पालेको गाईले तीनवटा पुच्छर भएको बाच्छी जन्माएपछि लक्ष्मीको अवतार भएको भन्दै स्थानीयवासीले भेटीसहित दर्शन गर्न आउने गरेका छन् । यस अघि सामान्य खालका बाच्छाबाच्छी जन्माएपनि तेस्रो बेतमा तीन पुच्छर भएको बाच्छी जन्माएको उनले बताए । दैनिक पाँचदेखि ५० रूपैयाँसम्म भेटी राखेर हेर्ने आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गरेको र अहिलेसम्म ५०० भन्दा बढी मानिस हेरेर गएको उहााले बताउनुभयो । उक्त बाच्छी अहिलेसम्म स्वस्थ रहेको बताइएको छ । रासस

मजदुरले मालिकलाई घरमै जलाएर मारे


असाम (भारत), पुस १२ - भारतको असाम राज्यका चिया मजदुरको समूहले आगो लगाएर मालिक र उनका पत्नीलाई मारेका छन् । असामको एक चिया बगानका मालिक मृदुलकुमार भट्टचार्य र उनकी पत्नी रितालाई बुधबार घरमै आगो लगाएर मारिएको हो । करिब ७ सय मजदुरले घर घेरेर घरमा आगो लगाएका थिए । उनीहरुलाई बाहिर निस्कन नदिएर भित्रै जलाइएको बुझिएको छ । घरमा रहेको दुईवटा सवारीसमेत जलेको छ ।

केही मजदुरको आवास सुविधा खोस्ने निर्णएपछि दुई हप्तादेखि मजदुर र मालिकबीच विवाद चर्किएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

दुई बर्षअघि भट्टाचार्यकै नाममा रहेको गुहावटीको अर्को चिया बगानका मजदुरले फ्याक्ट्रीमै आगो लगाएका थिए ।

गल्ती गर्दा पनि करोडपति !


न्युयोर्क , पुस १२ - अमेरिकाको न्यु हेम्पसायरमा सानो गल्तीले एक व्यक्तिलाई करोडपति बनाएको छ । स्थानीय स्कट बेनेटले गल्तीले किनेको टिकटमा २.१ मिलियन डलरको ज्याकपोट जितेका छन् ।
निकटहरूका अनुसार भाग्यका धनी बेनेट लोटरीमा कहिल्यै विश्वास गर्दैन्थे र उनले भुलवश यो टिकट किनेका थिए । गेमको टिकट किन्न गएको बेला पसलेले झुक्किएर उनलाई लोटरीको टिकट दिएका थिए । भाग्यमानीको भूतै कमारो, त्यही टिकटले उनलाई करोडौं दिलायो । खबरहरूका अनुसार गत साता उनी एक स्टोरमा 'लकी फर लाइफ लोटरी गेम' को टिकट किन्न गएका थिए । तर, उनको चिनोमा केही अरू नै लेखिएको रहेछ । पसलेले थाहै नपाई उनलाई उक्त टिकटको साटो 'ट्री स्टेट मेगाबक्स' को दुई टिकट दिएछन् । तीमध्ये एउटाले उनीमाथि अपार धनववर्षा गर्‍यो । भविष्यप्रति अनिश्चित रहँदै आएकी स्कटकी श्रीमती क्याथी त खुसीले पागल भएकी छन् । उनले घरलाई यस पटक क्रिसमसको उपहारले सिंगारेकी छन् । हुन त बेनेट परिवार निकै गरिब चाहिँ होइन । 'जीवनदेखि निकै खुसी थियौं, हालको आयले जीवन निर्वाह गर्न मात्र पुग्ने हुनाले भविष्यलाई लिएर मनमा केही चिन्ता हुन्थ्यो,' उनले भनिन् ।

सिंगापुरमा २६ बर्षपछि हड्ताल


नेपाल समेत दुनिया का धेरै देशमा हड़ताल सामान्य जस्तै छ । तर सिंगापुर मा भने २६ बर्ष पछि पहिलो पटक हड़ताल भएको छ । हड्ताल गर्ने २९ चीनियाँ ड्राइवरहरूलाइ चिन फिर्ता गरिदिएको छ सिंगापुरले ।
चिनका १७१ जना सवारी चालकले पछिल्लो हप्ता तलव र खानपानलाइ व्यवस्थित बनाउन माग गरेर काम बहिस्कार गरेका थिए । उनीहरू सिंगापुर निकाला भएका छन् ।

सिंगापुरले विदेशी कामदारलाइ सह्य व्यवहार नगरेको भन्ने चर्चा उठ्न थालेको छ । चिनले आफ्ना नागरिकलाइ गरिएको गिरफ्तारी र फिर्तिले दुःखी बनेको प्रतिकृया दिएको छ ।

हड़ताल गर्न पाइदैन
गिरफ्तार भएका मध्ये एकजनालाइ अपराधि घोषित गर्दै छ साता कैद सजाय समेत सुनाइएको छ । हड़ताल विरोधी कानून अनुसार यो कारवाही गरिएको हो । सिंगापुरमा पूर्व सूचना विना हड्ताल वा काम छाड्नु गैरकानुनी मानिन्छ ।

जनावरसँग सेक्स गर्न नपाए अदालत जाने धम्की


जर्मनीको गठवन्धन सरकारले जनावरसँग यौनसम्वन्ध अर्थात पशु मैथुनमाथि प्रतिवन्ध लगाउन विद्यामान कानून परिर्वतनको तयारी गरेको छ । जर्मन संसदको कृषि समितिले जनवारसँग सेक्स गर्नेविरुद्ध कडा कारबाहीको प्रावधानसहित कानून संशोधनको तयारी गरेको हो ।
समितिले जनावरसँग सेक्स गर्नेलाई २५ हजार यूरोभन्दा बढी जरिवाना गराउने प्रवाधान राख्ने तयारी गरेको छ । यसमुद्धामा अन्तिम मतदान जर्मनको तल्लो सदनमा डिसेम्बर १४ मा हुनेछ ।
जर्मनीमा सन् १९६९ मा पशु मैथुनलाई बैध ठहर गरिएको थियो । तर, पशुसँग दर्दनाक व्यवहार नगरिएको अवस्थामा मात्र यो लागू हन्थ्यो । जर्मन संसदीय समितिका निर्देशक हास माइकल गोल्डकमानले स्थानीय एक समाचार पत्रलाई भनेका छन्-’पशु मैथुनमाथि प्रतिवन्धको निर्देशनपछि यस्तो काम गर्नेलाई कडा कारवाही गर्न सहज हुनेछ र जनावरको कल्याण हुनेछ ।’ यद्यपी यस तयारीप्रति केहीले भने असन्तुष्टि जनाएका छन् । टोलरेष्ट एण्ड इन्गेजमेन्ट जूफिलो नामक समूहले यस्तो कानून आए अदालत जाने चेतावनी दिएको छ । हल्याण्ड, फ्रान्स र स्विटजरल्याण्ड लगायतका युरोपेली देशमा जनावरसँग सेक्स प्रतिवन्ध छ भने बेलायतमा सुरुमा जैन्मकैदको व्यवस्था रहेकोमा हाल घटाएर २ वर्ष जेल बनाइएको छ । बेल्जियम, डेनमार्क र स्वीडेनमा भने जनावरसँग सेक्स गर्न अनुमति छ ।
एजेन्सिको सहयोगमा अन्लाईनखबर डट कमबाट

'जहाज चालकहरू उडानमा निदाउँछन्’

लन्डन (एजेन्सीहरू/कान्तिपुर), मंसिर ७ - कार, रेल वा हवाई जहाजमा यात्रा गर्नेको जीवन चालकको हातमा हुन्छ । चालक सुत्यो भने त यात्रुको ज्यान ईश्वरको भरोसामा हुन्छ । छिमेकी भारतमा पनि वाहन चलाउने क्रममा सुत्नेलाई कडा सजायको प्रावधान छ । तर, युरोपका पाइलटले जहाजमा सुत्नुलाई नराम्रो मान्दैनन् । हरेक तीन पाइलटमा एकजना कन्ट्रोलको बेला आधा निद्रामा हुन्छ । अस्टि्रया, डेनमार्क, स्विडेन र जर्मनीमा भएको शोधमा यो पत्ता लागेको हो । पाँचमध्ये चारजना पाइलटले ककपिटमा थकान महसुस गर्छन् । युरोपियन ककपिट एसोसिएसनले गरेको सर्भेपछि यो ताजा रिपोर्ट प्रकाशित गरेको बेलायतको डेली मेलले खबरमा जनाएको छ । ठूलो संख्यामा पाइलट कन्ट्रोलको बेला अर्धनिद्रामा हुने गरेको एसोसिएसनले पता लगाएको छ । सर्भेमा ४३ देखि ५४ प्रतिशत चालकले उडानको क्रममा निदाउने गरेको बताए । मुख्य पाइलटहरूले आफू जाग्दा सहयोगीलाई पनि सुतेको फेला पार्ने गरेको बताएका छन् । सर्भेमा ७० देखि ८० प्रतिशत पाइलटले आफूलाई 'अनफिट' घोषणा नगर्ने बताएका छन् । यसो गर्दा अनुशासनको कारबाही हुने उनीहरूलाई त्रास छ । सन् २०१० देखि २०१२ को बीचमा ६ हजार पाइलटबीच यो शोध भएको थियो ।

फेसबुक कमेन्ट लेख्दा...


मुम्बई, मंसिर ५ (एजेन्सी) - फेसबुकमा लेखेको कमेन्टै आधारमा महाराष्ट्र प्रहरीले एक युवतीलाई नियन्त्रणमा मात्र लिएन आक्रोशित समूहले उनको काकाको क्लिनिकसमेत तोडफोड गरे। महाराष्ट्रका चर्चित नेता बाल ठाकरेको निधनपछि मुम्बई बन्द गराइएको विरोधमा २१ वर्षीय सहिन ढड्काले त्यसको फेसबुकमा विरोध गरेकी थिइन्।
उनको फेसबुक स्टाटसले उनीमात्र विवादमा तानिनन् शिव सेनाका कार्यकर्ताले उनको काकाको क्लिनिक तोडफोड गरे। पछि प्रहरीले तोडफोडमा संलग्न ९ जनालाई गिरफ्तार गर्योक।

यस्तो छ २० करोड पर्ने ब्रा (फोटो फिचर)

 ब्रा निर्माण गर्ने चर्चित कम्पनी भिक्टोरिया सेक्रेटले आफ्ना ब्राको लागि फोटो शुट गराएको छ । चर्चित हट मोडल एलिसांडरो एमब्रोसीओलाई फुट सुट गराइएको हो ।

२० करोड ० लाख मुल्य रहेको यस ब्रा को विशेषता भनेको यसमा १ क्यारेट पिंक र यल्लो सुन तथा २० क्यारेटको डायमन्डद्वारा सजाइएको छ ।

साढे २० करोड मुल्य पर्ने यो ब्रा लगाएर फोटो सुट गर्ने मोडल एलिसांडरोका अनुसार उनले यो ब्रा लगाउन ११ वर्षदेखि प्रतिक्षा गरेको वताएकि छिन् । आउनुहोस् हेरौं, साढे २० करोड पर्ने ब्रा लगाएर फोटो सुट गर्ने मोडलको केही तस्वीरहरु ।
हेरौँ उक्त फोटो शुटमा लिईएका केही तस्बिरहरु:






छोरीको हातमा गम लगाएर भित्तामा टाँस्ने आमालाई ९९ वर्ष जेल


वासिङटन, असोज २७ (एजेन्सी) - अमेरिकाको डल्लासनिवासी एक महिलालाई आफ्नी दुई वर्षकी छोरीको हात गम लगाएर भित्तामा टाँसी पिटेको अभियोगमा ९९ वर्ष जेलको सजाय सुनाइएको छ। जिल्ला अदालतका न्यायाधीशले २३ वर्षकी एलिजाबेथ एस्कालोनालाई शुक्रबार यस्तो सजाय सुनाएको हो।

आमाको पिटाइ खाएकी छोरी घाइते भएर कयौँ दिन कोमामा रहेकी थिएन्।

एस्कालोनाका अरु सन्तानले छोरीलाई पेटमा लातले हानेको र जगले हिर्काएको बयान दिएका थिए।
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग