Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलामाथि कुटपिट

Published on 3:11:00 AM //

हिरा कुँवर
नयाँगाउँ गाविस-५ निवासी ३० वर्षीया पार्वता विकलाई सोही ठाउँ बस्ने रूपा विकले ०६५ पुस १७ गते घाँस काटेको निहुँमा घरमै आई कुटपिट गरी सख्त घाइते बनाएकी छिन् ।

कुटपिटबाट घाइते भएकी विकको टाउकोमा चोट लाग्नुका साथै शरीर भरि नीलडाम छन् । कुटपिट गर्दाको बेला हातमा हसिँया, बञ्चरो ल्याइ आफूमाथि प्रहार गर्ने प्रयास गरेतापनि स्थानीय छिमेकीहरूको पहलमा भाग्न सफल भएको पीडितले बताइन् । पीडितले ०६५ पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । हाल उनको उपचार जिल्ला अस्पताल तम्घासमा भइरहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग