Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"हामी हेपियौ"

Published on 4:47:00 PM //

घनश्याम गौतम, गुल्मी

विकासका सामान्य पुर्वाधार समेत नभएको भन्दै गुल्मीको पूर्वी क्षेत्रका आधा दर्जन गाविसका बासिन्दा सदरमुकामसंग जोड्ने सडक र पुर्वाधार विकास माग गर्दै राजनीतिक दल र सरकारी कार्यालयमा डेलिगेसन आएका छन् । सदरमुकामबाट १७ कोष पूर्वमा पर्ने अर्वेनी, हर्मिचौर, पूर्तिघाट, ठुलोलुम्पेक, जयखानी, खड्गकोट लगायतका गाविसका बासिन्दालाई अहिलेपनि सदरमुकाम आउन स्याङजा, पाल्पा हुँदै आउनु पर्ने बाध्यता छ । जिल्लाका सबै गाविसमा सडक पुग्दापनि आफुहरू सदरमुकामबाट अलग्गै भएको भन्दै उनीहरू सडक, सिंचाई, खानेपानी, शिक्षा, सुरक्षा, लगायतका माग गर्दै सदरमुकाम आएका हुन । एक दर्जनको संख्यामा आएका उनीहरूले आइतवार राजनीतिक दल, नागरिक समाज, जिविस, प्रशासन, प्रहरी, शिक्षा, कृषि, बन लगायतका कार्यालयहरूमा भेट गरेर माग पत्र बुझाएका छन् ।
जिल्लाबाट प्राप्त हुने कुनै पनि सुविधाहरू आफूहरूले नपाएको त्यस क्षेत्रका जनताको गुनासो छ । अहिलेसम्म गाविसको रकम बाहेक जिविसबाट अर्वेनी गाविसमा कुनै पैसा गएको छैन् ।’-अर्बेनी गाविसबाट आएका पुनाभद्र न्यौपानेले भने । नेता भएका गाउँमा बर्षेनी लाखौं रकम विकासमा जाने भएपनि आफुहरू त्यस क्षेत्रमै क्षमतावान नेता नभएका कारणले पछाडी परेको उनले बताए ।
मुलुककै ठुला विद्युत परियोजना कालीगण्डकी ए को छेवैमा रहेका उनीहरूले अहिलेसम्म परियोजनाबाट प्रभावित गाविसका रूपमा पाउने पर्ने बिद्युत रोयल्टी समेत नपाएको गुनासो गरे । रोयल्टीवापत अहिलेसम्म कति रकम आएको र कहाँ जाने गरेको छ भन्ने आफुहरूले अहिलेसम्म जानकारी नपाएको र गाउँमा पनि नपुगेको हर्मिचौर उच्च मा.वि. व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम पाण्डेले बताए । हामी जिल्लाका विकासे अड्डाबाट निकै हेपिएका छौं ।’-पाण्डेले भने । जिल्लामा रोयल्टी वापत वाषिर्क झण्डै ३५ लाख रकम आउने गर्दछ । प्रभावित गाविसमा प्रतिशतका आधारमा वितरण गर्नुपर्ने रकम जिल्लाले प्रभावित नभएका गाविसहरूमा समेत वितरण गर्ने गरेको जिविसले जनाएको छ ।
हामीले आय आर्जनका क्षेत्रमा लगाउने गरी सबै गाविसमा दामासायीले वितरण गर्ने गरेका छौं ।’-जिविसका कार्यक्रम अधिकृत शंकर गौतमले भने-त्यो भएर पनि प्रभावित गाविसहरूमा कम देखिएको हो ।’ तर थोरै भएपनि रकम जाने गरेको उनले बताए ।
तिन निर्वाचन क्षेत्र र ७९ गाविस रहेको जिल्लामा २५ गाविस रहेको निर्वाचन क्षेत्र नं १ विकासबाट पछाडी परेको छ । ति मध्ये पनि इलाका नं. १ का अर्वेनी, हर्मिचौर, पूर्तिघाट लागायतका गाविसमा अहिलेसम्म पनि विकासका अधिकांश पुर्वाधार पुग्न सकेका छैनन् । सरकारी कार्यालयहरूले अब विकासका योजना बनाउने क्रममा ति गाविसलाई विशेष प्राथमिकता दिने आश्वासन दिएको उनीहरूले बताए । यो वर्षदेखि क्षेत्र नं. १ का विकट गाविसहरूलाई प्राथमिकतामा पारेर योजना गराउने गरेको विधायक सुदर्शन बलाले बताए ।
फोटो:eEyeCam

Tags:

3 comments

  1. may i come in you blog to visit?

    it's really nice & admireable blog.
    thanks for visit my blog.
    se6e lesha naakuki blog.

    ReplyDelete
  2. Ramro Khabar lyaaunubhayo sanju jee...... yestai yestai samachar haru publish gardai janu all the best.....

    ReplyDelete
  3. ho sanju ji bikasako hisable haami niaki hepiekai chhau . tyasaile jillako dirsti tyataatira pani pugosa la .

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग