Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मेलामा घरेलु सामाग्रीको बिक्रीमा कमी

Published on 6:41:00 PM //

घनश्याम गौतम
धार्मिक महत्व र घरेलु सामाग्री व्यापारमा प्रख्यात मानिने यहाँको रिडी मेलामा पछिल्ला बर्षरूको तुलनामा यस वर्षव्यापार घटेको छ । रिडी मेला धार्मिक महत्वका अलवा भेडाको उनबाट हातैले बुनेर तयार पारिएका राडी, पाखी, काम्ला, तथा बाँसका सुपा, डाली, सोली लगायत ओखरको घाँजी, गुँड र कन्दमुलहरूको ब्यापारको लागि समेत यो मेला प्रख्यात मानिन्छ । तर पछिल्ला वर्षरूको तुलनामा यस वर्षगण्डक स्नान गर्नेहरूको संख्यामा समेत कमि आएको छ । यहाँको मेलामा बाग्लुङको रिघा, जलजला, दगाटुङडाँडाँ, पाण्डुखानी एवं रूकुमको तकसेरा, रूकुमगाउ", राकमकोट लगायतका स्थानबाट घरेलु सामाग्रीहरू विक्रिका लागि एकहप्ता सम्म पैदल हिडेर आउने गर्दछन् । यस्ता घरेलु सामाग्रीहरू एक वर्षसम्म बुनेर राख्ने र रिडी मेलामा बिक्रिका लागि आउने उनीहरू बताउ"छन् ।
रूकुमको तकसेरा गाविसबाट पाँच दिनसम्म पैदल हिडेर राडी, पाखी बेच्न रिडी आएका रेखबहादुर बुढा मगरले यस वर्षअघिल्ला बर्षरूमा भन्दा राडी पाखी किन्ने मान्छेहरू निकै कम आएको बताए । उनी भन्छन-पोहोरसाल थुप्रै विक्रि भएको थियो ’-उनले भने-ँअहिले भने २२ वटा ल्याएकामा १७ वटा बाँकी नै छन् ।’ ग्राहकहरूले भने गत वर्षरूको तुलनामा यस वर्षराडी, पाखी, डालीहरूको मुल्य निकै धेरै भएको बताए । थानपति गाविसबाट पाखी किन्नकै लागि रिडी आएकी सुनिता ज्ञवालीले भनिन-गत वर्ष५ सय रूपैंयामा किनेको राडी -काम्लो)को मुल्य यस वर्ष९ सय रूपैंया ।’
गतवर्षरूको तुलनामा यस वर्षरूकुम र बाग्लु·बाट यस्ता व्यापारी समेत कम नै आएका थिए । भेडाको उन काट्नै छाडियो ।’-सामाग्री मुल्य बढेको प्रष्ट पार्दै उनले भने-उन काटने र बुन्नेहरू पनि अहिले गाउँमा धेरै छैनन् ।’ पछिल्लो समयहरूमा युवाहरूले यस्ता काम गर्न छोडेको उनले बताए । जेठी, माइली र कान्छी गरी तिन दिन सम्म मनाईने यस मेलामा यस वर्षगुल्मीका छिमेकी जिल्ला वाहेक रूपन्देही, कपिलबस्तु, नवलपरासी, चितवन र भारतका बनारस, गोरखपुरबाट समेत तिर्थालुहरू रिडीमा आएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग