Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बर्डफ्लू........ ? हैन होला ........

Published on 4:42:00 PM //


Gulmi Darshan
मुलुकमा बर्डफ्लु भित्रिएपछि पक्षीजन्य वस्तुको बिक्री घटिरहेका बेला गुल्मीका व्यवसायीलाई भने कुखुरा अभाव भएको छ । गुल्मी जिल्लामा कुखुराको मासु अभाव हुने भएपछि व्यवसायीले चितवनबाट आयात गर्न थालेका छन् । मंगलबार ल्याइएका ६ सय कुखुरा क्वारेन्टाइन चेकपोस्टमा परीक्षण गराएको आयातकर्ता रामअवतार गुप्ताले बताए ।
डेढ सातायता स्थानीय कुखुरा पाइन छोडेपछि आयात गनर्ुपरेको उनको भनाइ छ । 'यहाँ पाइएन,' गुप्ताले भने, 'बजारमा माखुको माग बढेकाले चितवन पुगरे ल्याएको हुँ ।' बर्डफ्लु फैलिएको हल्ला बढ्दै गए पनि यहाँका कुखुराको मासुमा कुनै प्रभाव नदेखिएको उनले बताए । 
बजारमा कुखुरा र खसीबोकाको मासु नै पाउन छोडिएको तम्घास पाण्डे होटलका रामप्रसाद पाण्डेको गुनासो छ । 'खसी, कुखुराको मासु किन्न दिनभर लाइनमा बस्नुपर्ने अवस्था आएको छ,' पाण्डेले भने, 'मासु अभावमा व्यापार नै घट्दो छ ।'

स्रोत: कान्तिपुर दैनिक




Tags:

1 comment

  1. In such a critical condition, it would be better to stop selling poultry products.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग