Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

औषधिभित्र फोहोर भेटियो

Published on 5:25:00 PM //

घनश्याम गौतम
जिल्ला अस्पताल तम्घासमा फोहोरसहितको स्लाइनको बोतल फेला परेको छ । पेरिन्टेरियल ड्रग्स कम्पनीद्वारा उत्पादित रिङर ल्याक्टेट स्लाइनभित्र लेउ फेला परेको हो । अस्पताल हाताभित्रै व्यवस्थापन समितिले सञ्चालन गरेको औषधि बिक्री कक्षबाट बिरामीका आफन्तले उक्त स्लाइन किनेका थिए । पाँच सय एमएलको उक्त स्लाइन बान्ता हुने र पेट दुखेर बिरामी भई भर्ना भएका अर्खले-७ का १४ वषर्ीय आशिष दर्लामीको प्रयोगका लागि लगिएको थियो ।

त्यसअघि दर्लामीलाई दुईवटा स्लाइन दिइएको र तेस्रोपटक दिने क्रममा बुबा ज्ञानबहादुर दर्लामीले स्लाइनमा लेउ फेला पारेका थिए । फोहरसहितको स्लाइन फेला पारेपछि उनले त्यसबारे बिक्री कक्षका सञ्चालक र स्वास्थ्यर्मीलाई जानकारी गराउँदा कुनै वास्ता नगरेको दर्लामीले बताए । 'यस्तो कुरा बाहिर नल्याउन मलाई दबाबसमेत दिए,' उनले भने । उनले अस्पतालका स्वास्थ्यकर्मी र नर्सले दुव्र्यवहार गरेको समेत गुनासो गरे । अस्पतालले बिरामी भएका दर्लामीलाई काठमाडौं रिफर गरेको छ । उनको अवस्था झनै गम्भीर भएको छ . पटकपटक औषधि बिक्रीमा लापरबाही भएको अस्पताल व्यवस्थापन समितिले स्विकारेको  छ । 'पटकपटक गल्ती भएको छ, यसलाई हामी छानबिन गर्छाैं,' व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर थापाले भने, 'छानबिनपछि बिक्रेतालाई कारबाही हुन्छ ।' व्यवस्थापनले औषधि पसल व्यवस्थित गर्ने भन्दै अस्पताल परिसरमै बिक्री कक्ष राखेको थियो । बिक्री कक्षका सञ्चालक जुवानन्द बेल्बासे सम्पर्कमा छैनन् । बिक्री कक्ष राख्ने सम्बन्धमा यसअघि पनि कर्मचारी र व्यवस्थापन पक्षबीच विवाद थियो  ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग