Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कालले छोड्ला, कानुनले छोड्दैन

Published on 11:50:00 PM //

Gulmi Darshan
बाइस वर्षघि अर्काको घरमा आगो लगाएर फरार दुइ अभियुक्त बिहीबार जेल चलान भएका छन् । २०४३ सालमा जिल्लाको हस्तिचौर -९ बस्ने नारायण कुमालको घरमा राति भित्र सुतिरहेको अवस्थामा बाहिरबाट आगो लगाएर हस्तिचौर- ९ कै गङ्गाबहादुर कुँवर र बेलबहादुर महत फरार भएका थिए ।

प्रहरीले हस्तिचौर गाविसकै भिम खनालको घरमा भएको चोरीका अभियुक्त खोज्ने क्रममा उनिहरुलार्इर्र्पक्राउ गरेको हो। आगलागी पछि पीडित नारायण कुँवरले आगो लगाउने दुई जनालाई पक्राउ गरी क्षतिपर्ूर्ति उपलब्ध गराउन माग गर्दै प्रहरीमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा जिल्ला अदालत गुल्मीले २०५५ साल भदौ ९ गते आगलागी गर्ने दुवै जनालाई ४ बर्षजेल पठाउने फैसला सुनाएको थियो पक्राउपछि गङ्गाबहादुर कुँवर र बेलबहादुर महतलाई ४ वर्षा लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकृत दिपक अधिकारीले जानकारी दिए ।

Tags:

1 comment

  1. La Bhai, Gulmi dharsan suru ra regular garekoma badhai 6. Yaslai continue ra brihat banaudai janu. Mero suvakamana ra sahayog rahane chha.

    RB Ghimire
    Er. Sudan Afrika,
    Gulmi ma Birbas

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग