Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"दिनदिनै धाएर बाटो खनियो तर मोटर चढ्न पाइएन"

Published on 6:10:00 PM //

घनश्याम गौतम 
सडक खनेको दश वर्षम्म पनि सवारी साधनहरू नचलेपछि गुल्मीको अति विकट ह्वाङ्दी गाविसका जनता मारमा परेका छन् । सदरमुकामबाट ११ कोष टाढा रहेको त्यस क्षेत्रका जनतालाई सवारी चढ्न र उपभोग्य सामाग्री ढुवानीका लागि दिनहुँ दुइ घण्टा पैदल हिड्नु पर्ने बाध्यता छ । सडकको अवस्था राम्रो हुँदाहुँदै पनि व्यवसायीहरूले सवारी संचालन नगरेको र्सवसाधारणको गुनासो छ । अत्यावश्यक कामका लागि पनि सवारी भेटाउन ह्वाङ्दीका बासिन्दा अर्खाबा· र दर्लि· गाविससम्म दिनहुँ दुइ घण्टा हिडेर पुग्नु पर्ने बाध्यता छ । छिमेकी गाविसहरू दर्लिङ र अर्खाबाङमा भने दैनिक सवारी साधन पुग्ने गरेका छन् । २०५५ सालमा स्थानीय जनश्रमदान, गाविस र जिविसको सहयोगमा दर्लिङ गाविसदेखि झण्डै ७ किलोमिटर सडक निर्माण गरेर जनताले ह्वाङ्दी गाविस-५ म्यालसम्म ट्याक्टर पुर्‍याएका थिए । तर अहिले भने कहिलेकाहीं चल्ने ट्याक्टर बाहेक गाउमा अन्य सवारी पुग्ने गरेका छैनन् । कहिलेकाहीं तम्घासबाट जाने व्यापारीका जिप सामान ढुवानी गर्न जाने गरेपनि त्यो सामान अध्याधिक महंगो पर्ने गरेका कारण उपभोक्ता महंगो मुल्य तिर्न बाध्यछन् ।

स्थानीय व्यवसायी हर्रि्रसाद अर्यालले सडक बनेर पनि सवारी नचल्दा दैनिक उपभोग्य बस्तु अत्याधिक मंहगो पर्ने गरेको बताए । तम्घास देखि यहाँसम्म ल्याउदा ढुवानी मात्र प्रति क्वीन्टल ४ सय ४० रूपैंया पर्दछ ।’-उनले भने हामीले त्यो खर्च जोडेर नै सामान उपभोक्तालाई बेच्न बाध्य छौं ।’ सदरमुकाम तम्घासमा ७/८ रूपैंया प्रति केजी पर्ने ढिका नुन ह्वाङदीमा १४ रूपैंया पर्ने गरेको अर्का व्यवसायी प्रेमबहादुर र्घर्ती मगरले बताए ।

त्यतिबेला सुविधा होला भनेर दिनदिनै धाएर बाटो खनियो’-ह्वाङ्दी-७ का झमान सिंह बुढाले भने-अहिले बाटो भएर पनि गाउँबाट मोटर चढ्न पाइएन ।’ सडक भत्केमा जनश्रमदानमै मर्मत गर्ने प्रतिबद्धता सहित तिन पटक गुल्मी जिप व्यवसायी समितिमा निवेदन दिएको भएपनि समितिले सवारी नपठाएको गाउलेको गुनासो छ । दैनिक एक सवारी संचालनका लागि तिन पटक निवेदन दियौं, तर सुनुवाई भएन’-अर्यालले भने । तर जिप व्यवसायी समितिका कर्मचारी डोलबहादुर कुँवरले अब केही दिन पछि नै सडक निरिक्षण गरेपछि एउटा जिप दैनिक ह्वाङदीका लागि संचालन गर्ने तयारी भैरहेको बताए । बाटो निरिक्षण गर्न जान समय नमिलेकोले ढिला भएको हो ।’-उनले भने ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग