Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेतो गवारोले लाख कफी बिरुवा मरे

Published on 7:21:00 PM //

सेतो गवारोले गुल्मीका विभिन्न गाविसमा १ लाखभन्दा बढी कफीका बोट नष्ट गरेको छ । व्यावसायिकरूपमा कफी खेती गरिने ४५ गाविसमा पाँच लाखभन्दा बढी उत्पादन दिने बोट छन् । तीमध्ये १ लाख नष्ट भएको कृषकले जनाएका छन् । गवारो नियन्त्रण गर्न नसकेकाले अधिकांश कृषक कफी खेती समाप्त हुने चिन्तामा छन् । दुई वर्षयता यो रोग देखा पर्न थालेको हो । रातो गवारो घरेलु विधिबाटै नियन्त्रण गर्न सक्ने भए पनि यसको नियन्त्रणमा कसैले सहयोग नगरेको गुनासो कृषकको छ
जिल्लाका पुराना कफीका बगैंचामा सेतो गवारो नियन्त्रणभन्दा बाहिर गइसकेको कृषकको भनाइ छ । 'नियन्त्रण बाहिर गइसक्यो,' थानपति गाविसका भाष्कर ज्ञवालीलले भने, 'पुराना र ठूला व्यावसायिक बगैंचा सबै सखाप भइसके ।' अधिकांश कृषकले घरेलु उपचार विधिमै नियन्त्रण प्रयास गरे पनि सेतो गवारोको आश्रय स्थल पत्ता लगाउन नसकेको उनले बताए । ५ सय उत्पादन दिने बिरुवा रहेकामा अहिले आपmनो पुरानो बगैचामा १ सय बोट पनि नरहेको ज्ञवालीको दुखेसो छ ।
थानपति, रिमुवा, रुरु, बलेटक्सार, बलिथुम, अमरअर्वाथोक, आँपचौर, हँसरालगायत गाविसका कृषकले वषौंदेखि व्यावसायिक कफी खेती गर्दै आएका छन् । सेतो गवारोलाई कृषकहरूले कफीको क्यान्सर नामकरण गरेका छन्
बलिथुमका कृषक घनश्याम गौतमले पनि सेतो गवारोले पूरै बगैंचै नष्ट गरिदिएको बताए । बोटको डाँठमा सानो प्वाल बनाएर छिर्ने र खाइसकेपछि फोहोर गरेर प्वालै बन्द गर्ने भएकाले पत्ता लगाउन गार्‍हो पर्नेगरेको छ । 'यो कफी बोटको क्यान्सरै रहेछ,' गौतमले भने, 'बोटभित्र पसेपछि एकैपटकमा जरादेखि टुप्पासम्म विष फैलाउँछ र बोटै मार्छ ।' सबै गाविसमा अर्गानिक कफी उत्पादन हुनेगरेकाले पनि गवारो नियन्त्रणमा समस्या परेको कृषि विकास कार्यालयले जनाएको छ । 'अर्गानिक कफी भएकाले रासायनिक विषादी प्रयोग गर्न सकिएको छैन,' कार्यालयकी निमित्त प्रमुख सपना पन्थीले भनिन्, 'नीलो तुथो, चुनाको लेपन बनाएर लगाउने गरिएको छ । तर नियन्त्रण हुनसकेको छैन ।' यो घरेलु प्रविधि हो । पन्थीका अनुसार समस्या निदानका लागि कार्यालयले अभियान सञ्चालन गरिरहेको छ । कार्यालयको घरेलु उपचार विधिले सम्भव नभएपछि कृषक आफैंले रातो माटो, गोबर र आलसको तेलको लेपन गराएर परीक्षणका रूपमा लगाउने गरेको जिल्ला कफी व्यवसायी संघका प्राविधिक जंगबहादुर पचभैयाले बताए । 'परीक्षण हो, हेर्दै छौं,' उनले भने ।
स्रोत : कान्तिपुर दैनिक





Tags:

1 comment

  1. oho yo ta nikai dukhako kuraa bhayo sanju jee. yasamaa ta sarakaarale pani chaso dekhaunu parne ho haina ra ?

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग