Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रमाए कृषक गोलभेडामा

Published on 3:29:00 PM //

गुल्मी तम्घासका स्थानीय कृषकहरुले व्यवसायीक गोलभेडा खेती शुरु गरेका छन्। बुटवल, पाल्पा लगायतका जिल्लाहरुबाट गोलभेडा भित्रिदै आएको यस जिल्लामा गोलभेडाबाट राम्रो आम्दानी हुनेहुँदा सदरमुकाममा पहिलो पटक व्यवसायीक रुपमा गोलभेडा खेती शुरु गरिएको हो। तम्घासका कृषक यज्ञ पन्थीले अहिले आफ्नो बारीमा दुई जातका गोलभेडा लगाएका छन्। जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा बत्तिस हजार रुपैयाँको लागतमा शुरु गरेका गोलभेडाबाट एक लटमा पन्ध्रदेखि बीस क्विन्टलसम्म उत्पादन भएको कृषक यज्ञ पन्थी बताउछन्। स्थानीयबासीले आयात गरिएको गोलभेडा प्रति किलो असी रुपैयाँ सम्म खरिद गर्ने गरेका छन्। एउटा बोटमा तीनदेखि चार किलोसम्म गोलभेडा फल्ने हुँदा यहाँका कृषकहरु गोलभेडा खेतीतर्फ आकर्षित भएका हुन्।।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग